साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नकच्चरो

Nepal Telecom ad

“हे राम कस्तो भो यो मुलुक यौटा जाबो खर्दारको सरुवा गराउन पनि प्रधानन्त्रीको तोक–आदेश चाहिने” आफ्नै सुरमा फत्फताए पिए सा”ब । आगन्तुक कक्षमा बसेका सबैका आँखा उतै तानिए ।
“तोक लगाउने प्रधानमन्त्री हो बेकुब ।”
“के गरून् तिनले ? झोले कार्यकर्ताहरूले हिर्किट्टी हालेपछि !”
“सुरुसुरु जथाभावी तोक आदेशहरू मान्ने सरकारी उच्च अधिकारीहरू नै दास भएर हो । त्यस्ता चिट्ठीहरू च्यातेर फाल्दिए फेरि हिम्मतै गर्ने थिएनन ।”
“…………….“
“………………………………“
आआफ्ना तर्कहरू प्रस्तुत भए । सबैले मौजुदा अव्यस्थाको उछित्तो काडे ।

एकछिन पछि सचिवज्यूको कार्यकक्षबाट एक जना निस्के र बोलाए “दर्ता नं एकहजार त्रिचालिसका भन्सारमा सरुवा चाहने रौतहटका खर्दार्साप हुनु हुन्छ ?”

हातमा फाइल बोकेका एकजना युवक जुरुक्क उठेर भित्र लागे । एकछिन अघिसम्म देशमा भएको अव्यवस्थाको मच्चीमच्ची बद्ख्वाईं गर्ने मध्यका थिए उनी ।

घण्टौदेखि बाहिर कुरिरहेका अरु आगन्तुकहरू ट्वाँ परेर हेरिरहेका थिए ।
“लाजै नपचेको नकच्चरो रहेछ । चुप लागेर बस्नु नि बरु !” सोफामा बसेका दुईजना खासखास–खुसखुस गर्दै थिए ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x