साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अहो ! समयको कोल्टो

Nepal Telecom ad

कसलाई के को धन्दा घर ज्वाइँलाई खानाकै
देशमा रगत बगेको छ नेता खोज्छन् रानो खोइ ?
कुर्सीको मोह हो कि हो जनताको मोह
भट्टी कान्छीको महलभित्र एयरकन्डिसन अहो !

हिजोकी भट्टी कान्छी आज कार चलाउँछिन्
हामीजस्तो झुत्रेझाम्रे सामु राजनीति परिलाउँछिन्
महिनै पिच्छेजस्तो दोसल्ला, पुरस्कार पाउँछिन्
हिजो क, ख आउँदैनथ्यो आज अङ्ग्रेजी बक्बकाउछिन् ।

हिजो ठर्रा माग्दै नचाउनेलाई आज कान्छी नचाउँछिन्
आफ्नो जूठो भाँडा तिनैलाई मझाउँछिन्
कर्मठ नेत्री भन्दै अन्तर्वार्ता छपाउँछिन्
सुरक्षाका लागि भन्दै चन्डमुण्ड पछि लाउँछिन् ।

हिजो छोरी–बुहारीकै दलाल गर्ने कान्छो
आज नारी अस्मिता अलाप्छ
धमिराले कोत्रिएकालाई पनि अहो !
राजनीति कति फाप्छ ।

कस्तो राजनीति यो कस्तो त्रूmर मति
फुट्दो खिइदो छ देशको गति
मणि फ्याँकिँदा नालामा सदा
भन दुख्दैन मन रति ?

चिथोर्दा–चथोर्दै अब राष्ट्र नै नङ्ग्याउँछौ
हीरा होइन अब शून्य हात लाउँछौ
कसको पराजय कसको विजय भन ?
खाल्डो त यही पर्छ जति सक्दो खन ।

माया भए राष्ट्रको आगो किन दन्काउँथ्यौ
भाइ फुटे गँवार लुटे उक्ति साकार गराउँछौ
अहो ! समयको कोल्टो
शान्तिप्रिय देशमा आतङ्क फल्दोफुल्दो ।

बुद्धनगर काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x