साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उत्तर आधुनिकता

Nepal Telecom ad

साडी र सुरुवाल कुर्तामा
सजिएको त्यो समाज
आज
प्यान्ट हाफ प्यान्ट हुँदै
कट्टु र पेन्टीमा आउँदा
छोराको के कुरा
छोराको बालाई पनि
गाह्रो भयो
रातको रातकै थियो
दिउँसोको फेसनले झन
हजुर बालाई पनि साह्रो भयो ।

त्यसैलै होला अचेल
हजूरबाहरू पनि
रिटार्यड लाइफमा पनि
मठ मन्दिरमा भन्दा
क्याबिन डिस्कोमा भेटिन्छन्
अरुसँग खिसिक्क
नक्कली दाँत देखाएर हाँसे पनि
घरमा हजुरआमाहरूसँग भने
बेसरी च्याँठिन्छन् ।

काकाहरू पनि फेसनकै लागि
डाका भएका छन्
पेन्टी र कट्टुकै लागि
कसैको खल्ती चोरेका छन्
कसैको घरै फोरेका छन्
कोही मुन्द्रे भएका छन्
कोही लट्टे भएका छन्
तर कसरी भन्ने बिकृति
सबैले झन यसलाई
उत्तर आधुनिकसँग जोडेका छन्
त्यसैले होला चित्रकारहरू पनि
नारी सौन्दर्यताको वकालत गर्दै
बिना बस्त्रका चित्र कोरेका छन् ।

कलाकर्मी पनि के कम
कथाले मागेको भन्दा
बजारले मागेको भन्दै
बस्त्र फाल्नेमा
नयाँ नयाँ रेकर्ड तोडेका छन्
शरमले भिजिन्छ कि भनी
दुई टुक्रा भए पनि लुगा ओढेका छन्
अचेल जोडीहरू पनि
आज पे्रम गर्छन्
भोलि विवाह गर्छन्
पर्सि सबै नाता तोड्छन्
सात जनमलाई लिएको कसम
सात दिनमै छोड्छन् ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x