साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपस्वीको नाउँ ‘भ्रष्टाचार’

Nepal Telecom ad

सबैले सधैंभरि गाली र दुरदुर मात्रै गर्ने हुनाले दिक्क भएर एकदिन कलियुग पुगेछ सृष्टिकर्ता ब्रम्हाजीकहाँ भनसुन गर्न । ‘भनसुनले काम हुन्छ र मनसुनले वर्षा हुन्छ’ भन्ने नेपाली उखान उसले पनि सुनेको रहेछ । कलिले भन्यो, मलाई त कसैले पनि राम्रो भन्दैन । कसै कसैले त मेरो तपस्या गरे पनि हुन्थ्यो । बुढा ब्रह्मालाई कुपुत्रको माया लागेछ र भनेछन्, जाऊ बा ! तिम्रो तपस्या गर्ने पनि जन्मिसकेको छ ।

केही समयपछि नभन्दै एकजनाले नराम्रोसँग तपस्या गरेछ । कलि प्रसन्न भयो, प्रकट भयो र तपस्वीलाई “वरदान माग” भन्यो । तपस्वीका सुकेका अङ्गहरू खुशीले फुक्दै आए ।

तपस्वीले भन्यो, हे कलियुग महाराज ! तपाईंलाई गाली गरे जस्तै मलाई पनि सबैले गाली गर्छन् । तपाईं जसरी सर्वत्र व्याप्त हुनुहुन्छ मलाई पनि त्यस्तै सर्वव्यापी बनाई दिनुस् प्रभो । नाङ्गो आँखाले कसैले पनि मलाई हेर्न नसकोस् तर सर्वत्र मेरो प्रभाव रहिरहोस् । कुनै पनि तन्त्रमन्त्रले मेरो प्रभाव कम्ति नहोस् । प्रजातन्त्रमा सबैले मलाई माया गरुन् । कानुनले पनि मलाई छुन नसकोस् ।

बल्ल बल्ल एकजनाले आफ्नो तपस्या गरेकोमा कलियुग मख्ख थियो । अर्थोक क्यै नसोधी उसले “तथास्तु !” भन्यो । अलप भयो । पछि सबैले थाहा पाए– त्यो तपस्वीको नाउँ ‘भ्रष्टाचार’ थियो ! अङ्ग्रेजहरूलाई दार्जिलिङ मन परे जस्तै सो तपस्वीलाई हिमाली मुलुक नेपालमा बस्न मन लागेछ ।

हाल– थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x