सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तपस्वीको नाउँ ‘भ्रष्टाचार’

Nepal Telecom ad

सबैले सधैंभरि गाली र दुरदुर मात्रै गर्ने हुनाले दिक्क भएर एकदिन कलियुग पुगेछ सृष्टिकर्ता ब्रम्हाजीकहाँ भनसुन गर्न । ‘भनसुनले काम हुन्छ र मनसुनले वर्षा हुन्छ’ भन्ने नेपाली उखान उसले पनि सुनेको रहेछ । कलिले भन्यो, मलाई त कसैले पनि राम्रो भन्दैन । कसै कसैले त मेरो तपस्या गरे पनि हुन्थ्यो । बुढा ब्रह्मालाई कुपुत्रको माया लागेछ र भनेछन्, जाऊ बा ! तिम्रो तपस्या गर्ने पनि जन्मिसकेको छ ।

केही समयपछि नभन्दै एकजनाले नराम्रोसँग तपस्या गरेछ । कलि प्रसन्न भयो, प्रकट भयो र तपस्वीलाई “वरदान माग” भन्यो । तपस्वीका सुकेका अङ्गहरू खुशीले फुक्दै आए ।

तपस्वीले भन्यो, हे कलियुग महाराज ! तपाईंलाई गाली गरे जस्तै मलाई पनि सबैले गाली गर्छन् । तपाईं जसरी सर्वत्र व्याप्त हुनुहुन्छ मलाई पनि त्यस्तै सर्वव्यापी बनाई दिनुस् प्रभो । नाङ्गो आँखाले कसैले पनि मलाई हेर्न नसकोस् तर सर्वत्र मेरो प्रभाव रहिरहोस् । कुनै पनि तन्त्रमन्त्रले मेरो प्रभाव कम्ति नहोस् । प्रजातन्त्रमा सबैले मलाई माया गरुन् । कानुनले पनि मलाई छुन नसकोस् ।

बल्ल बल्ल एकजनाले आफ्नो तपस्या गरेकोमा कलियुग मख्ख थियो । अर्थोक क्यै नसोधी उसले “तथास्तु !” भन्यो । अलप भयो । पछि सबैले थाहा पाए– त्यो तपस्वीको नाउँ ‘भ्रष्टाचार’ थियो ! अङ्ग्रेजहरूलाई दार्जिलिङ मन परे जस्तै सो तपस्वीलाई हिमाली मुलुक नेपालमा बस्न मन लागेछ ।

हाल– थानकोट, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य