बद्रीप्रसाद दाहाल ‘भस्मासुर’प्रचन्डलाई चिट्ठी
रन्क्यौ बन्धु रनक्क घोर खहरे, बिर्साउदै जोडले
वार्ता लात दिएर थात—थरमा, हुत्यौ महा बेगले ।
ठ्याम्मै बालककै लिई हठ यहाँ, उल्का गर्यौ नायक
च्यातौ सुन्दर घोषणा विगतको, जे गाउथ्यौ गायक ।।१।।
लाग्थ्यो साहसको अदम्य अगुवा, वाचाल छौ वाक्घरि
लाग्थ्यो क्यै नव—क्रान्ति ल्याउछ अहा, नेपाल बन्ने गरी ।
देख्ना डाल रहेछ भन्छ जनता, घिच्ना त कालै अरे
पार्टी ध्वस्त भयो घमन्ड गरिदा, आखीर एक्लै भये ।। २।।
हल्ला चल्दछ \’हेग\’ पुग्छ बिचरो या अख्तियारैतिर
आफ्नै पुत्र—कलत्र कम्सल हुँदा, झन् भस्कियो तल्तल ।
वक्ता सुन्दर थ्यौ प्रचन्ड पहिले, कल्ले बिगार्यो कुनि ?
\’वार्ता\’ त्याग गरी हिड्यौ यदि भने, धिक्कार होला जुनि ।।३।।
तिम्रो यो दल टुट्नसम्म टुटिगो, सिसासरि चर्किई
तिम्रो यो दल फुट्नसम्म फुटिगो, कैल्यै नजुट्ने गरी ।
के लड्छौ अब शक्ति छैन अगुवा, \’वार्ता\’ समाउ तिमी
चर्को बङ्कर— युध्द ढ्वास नगरी, \’वार्ता\’ जमाउ तिमी ।। ४।।
यस्तो दुर्बल याममा पनि \’बली\’ ठान्नु महा—भूल हो
राम्रो काम गरे त भन्छ जनता, नेपालको मूल हो ।
त्यै \’रत्नाकर\’ वाल्मिकी पनि बने, \’बोधी\’ भये अङ्गुली ।
आउ मेलमिलाप ली सदनमा, सम्ग्राम चै बिर्सिई ।।५।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































