साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेपेकै हो, तँ के गर्छस् ?

Nepal Telecom ad

एक वर्षमा संविधान म दिन्न, ल जा तँ के गर्छस् ?
हो हो, मैले भनेको मै मान्दिन जा तँ के गर्छस् ?

तेरो भोट मैले पाएँ पच भो, अब तँ के गर्छस् ?
जे जे माग्नु मागीराख, दिन्न म तँ के गर्छस् ?

आफू भन्दा ठुलो मलाई बनाई सकिस् तँ के गर्छस् ?
नमस्कार तैँले गर्नू, म फर्काउन्न तँ के गर्छस् ?

जे जे मुखमा आउँछ म त्यै त्यै बोल्छु तँ के गर्छस् ?
मैले बोल्या मै बुझ्दिन, तैँले बुझे तँ के गर्छस् ?

गणतन्त्र लोकतन्त्र घोकेर बेसरी तँ के गर्छस् ?
अर्थ मैल्यै बुझाउने हो, जेसुकै बुझ् तँ के गर्छस् ?

पाँच वर्षलाई अब टन्न खान्छु खेल्छु, तँ के गर्छस् ?
मेरो चर्चा परिचर्चा गरिराख जा, तँ जे गर्छस् !

तेस्रो संविधानसभा चुनाव गर्छु, तँ के गर्छस् ?
फेरि भोट माग्न आउँछु, नदिएर तँ के गर्छस् ?
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x