साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो भन्दा अरु के पाइन्छ ?

Nepal Telecom ad

बिहान
झुन्डिएका पत्रिकामा झुन्डिँदै
वान्टेडमा नजर लाइन्छ
दिएको ठेगानामा दिनभर
रोजगारीको निम्ति धाइन्छ
धाउँदा धाउँदै
लखन्तरे शरीर बोकी
साँझ कोठामा आइन्छ
घरबाट बोकी ल्याको
गुन्द्रुक र भात कुपलुक्क खाइन्छ ।

सबैले अनुभवको कुरा सोध्छन्
बेरोजगारको दश बर्षे अनुभव हु“दाहु“दै
केको अनुभव खोज्छन्
जागिर दिने बजियाहरू
यो भन्दा अरु कति चाहिन्छ
सबलाई थाहै छ
यो देशमा बेरोजगार भन्दा
अरु के पो यहा“ पाइन्छ ।

हुन त बेरोजगारी भए पनि
फुर्सद त कहा“ छ र ?
कहिले चटक हेर्न
रत्नपार्क गइन्छ
कहिले भाÈण सुन्न
टुँडिखेल गइन्छ
कहिले बाटो थुन्न
आन्दोलनकारी भइन्छ
यो भन्दा हामीलाई
अरु के पो चाहिन्छ
यो देशमा बेरोजगार भन्दा
अरु के पो पाइन्छ ।

तरुणी पट्याइयो भने पनि
खल्तीमा सुको छैन
त्यसैले
मठ मन्दिरतिर गइन्छ
बिस रुपैयाँको कुरकुरे
बिस रुपैयाँको पानी
टन्न हुने गरी खाइन्छ
त्यो भन्दा झन टन्न त
माया प्रीति लाइन्छ
यो भन्दा राम्रो अनुभव
अरु के पो चाहिन्छ
भन्नुस महासय
यो देशमा बेरोजगार भन्दा
अरु के पो पाइन्छ ।

प्रेमिका भए पनि
लोग्ने विदेशिएको महिलासित
यसो नजर जुधाइन्छ
कुरो मिल्यो भने
उसैको पैसोले
मोटर बाइक कुदाइन्छ
उनीसँगै रेस्टुरा गएर
टन्न ममसँग बियर खाइन्छ
उनैले चाहे जस्तो
माया प्रीति नि लाइन्छ
उनकै पैसोले
प्रेमिकालाई गिप्mट नि थमाइन्छ
यो भन्दा हामीलाई
अरु के पो चाहिन्छ
देशमा बेरोजगारीलाई योभन्दा राम्रो
अरु के पो जागिर पाइन्छ ।

यो पनि सकिएन भने
बिरोजगारीको ग्याङ बनाउन कसिइन्छ
मूलबाटोमै बसिइन्छ
चिपिक्क प्यान्ट,
हाफप्यान्ट लाउनेलाई जिस्काइन्छ
ठुलो ठुलो गफ लाइन्छ
गफै गफमा सब खाइन्छ
यो भन्दा हामी बेरोजगारीलाई
अरु के पो चाहिन्छ
यो देशमा बेरोजगार भन्दा
अरु के पो पाइन्छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x