साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्रीमानको स्वागत

Nepal Telecom ad

थोत्रो बसमा हामी दुवै थोत्रा साथीहरू अनेकथरि गफ चुट्दै बीरगंजबाट कलैया आइपुग्यौँ । आफ्नो मीठो गफले डोर्याउँदै ती मित्रले मलाई आफ्नो महलभित्र लगे । उनी घर पुग्नासाथ उनकी श्रीमती निकै सक्रिय भइन् । भव्य पूजा र आरती गरिन्, आफ्नो श्रीमानको । मैले भन्ठाने, कलियुगमा पनि यस्ती पतिब्रता नारी अझै छन् । पृथ्वी ‘यस्ताकै’ धर्मले अडेको हुनुपर्छ ।

मेरो प्रश्नवाचक अनुहार हेरेर नै ती पतिब्रता नारीले मेरो मनको कुरा बुझिन् । धेरै धर्मात्माले अर्काको मनको कुरा भसक्कै बुझ्छरे ।

उनले भनिन्, कलैया– वीरगञ्जको सडक कस्तो छ त्यो त बाबुलाई थाहै छ होला । दुईटा काठेपुलले नेपालमा पहिले जङ्गल पनि थियो भन्ने कुराको संझना मात्र गराउँछन् । पुलको क्यै भर छैन । पुल र वाहनका बीच कुनै सुमधुर सम्बन्ध पनि छैन । यस पुलमा हिँड्दा बसको भुँडी छेडेर पुलको पटरीले मान्छेको भुँडी पनि फुटाल्न खोज्छ ।

उनी फतफताउँदै थिइन्, यस रुटमा चल्ने बस र जीप सबै पुराना हुन्छन् र चालकहरू भने सबै नयाँ हुन्छन् । यति हुँदाहँुदै पनि कुनै यात्रु सकुशल घर फर्कनु भनेको ठूलो सौभाग्यको कुरो होइन र ? त्यसैले श्रीमान सकुशल घर फर्कनासाथ म त सधैँ यसैगरी स्वागत गर्ने गर्छु ।

मेरो चित्त बुझ्यो, चिया पिउन थाले ।

हाल थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x