साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई चट्याङ

Nepal Telecom ad

१. फुलेको जवानी

त्यो कालो जवानी यो सेतो जवानी
त्यो रातको जवानी यो दिनको जवानी
त्यो सुतने तर यो उठाउने जवानी
त्यो कोपिला यो फुलेको जवानी ।

त्यो तनको जवानी, यो मनको जवानी
त्यो बनको जवानी यो घरको जवानी
त्यो सिक्ने अनि यो सिकाउने जवानी
त्यो पालुवा यो फुलेको जवानी ।

त्यो जाने जवानी, यो बसने जवानी
त्यो मागने यो दिलाउने जवानी
त्यो भोको अनि यो अघाउने जवानी
त्यो काँचो तर यो फुलेको जवानी ।

त्यो ठान्ने जवानी, यो जान्ने जवानी
त्यो छान्ने जवानी यो धान्ने जवानी
त्यो जोशको तर यो होसको जवानी
त्यो फलेको तर यो फुलेको जवानी ।

त्यो हेर्ने जवानी, यो देख्ने जवानी
त्यो बन्ने अनि यो बनाउने जवानी
त्यो दुईको जवानी यो सबैको जवानी
त्यो पुज्ने अनि यो पुजिने जवानी ।

२. दाह्री र धर्म

सुशिल’दा ले नवाज सरिफलाई सोध्नु भयो
तपाई मुसलमान नभएर पनि –
पाकिस्तानको प्रधानमन्त्री कसरी बन्नु भयो ?
नवाज सरिफले जवाफ दिए
जसरी तपाईं मुसलमान भएर पनि नेपालको प्रधानमन्त्री बन्नु भयो !

सुशिल’दाले आफ्नो दाह्री छाम्दै भन्नु भयो
तपाईं मेरो दाह्री देखेर झुक्किनु भयो !
नवाज सरिफले आफ्ना चिल्ला गाला सुम्सुम्याउँदै भन्नु भयो
तपाईंले मेरो दाह्री नदेखेर झुक्किए जस्तै भयो !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x