डा. हरिप्रसाद भण्डारीकाउलीका पात
खेतभरि काउलीका फूलहरू फुलिरहेका थिए । छिप्पिएका काउली काट्ने र डोक्याउने काम पनि जारी थियो ।
वैकुण्ठले खेतको एकापट्टि किनारमा खाल्टो खनेर भर्खर काटेका काउलीका हरिया पात तथा डाँठ गाडिरहेका थिए ।
‘किन काका, त्यति राम्रा र हरिया पातहरू गाईलाई नखुवाएर गाड्दै हुनुहुन्छ ?’ मैले सोधेँ ।
उनी देब्रे हातले कम्मरमा समाउँदै र दाहिने हातले कोदालाको बिँड अँठ्याउँदै ठाडो परे र पुलुक्क मलाई हेर्दै भने– ‘कडा विषादी हालेको छ । गाईले खायो भने त ठहरै मर्छन् नि बाबु ! त्यसैले गाडेको ।’
‘हँ !’ अचम्म लाग्यो मलाई ।
‘अनि पात गाडेपछि काउलीका फूल के गर्ने नि काका ?’ मेरो मनको तीब्र जिज्ञासा बाहिरियो ।
‘बजार पठाउने ।’ वैकुण्ठ काकाले सहजै उत्तर दिए ।
Subscribe
Login
0 Comments
Oldest







































