साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्ता र चिन्तन !

Nepal Telecom ad

बोकेर राष्ट्रको चिन्ता, सपना लोकतन्त्रको
थापेर ज्यानकै बाजी क्रान्तिमा होमिए हिजो
भोकभोकै लडेका हुन्, मरेका कति हुन् कति
समर्पित थिए सच्चा क्रान्तिकारीहरू जति !

तर हिंसा र पैसा औ विदेशी–शक्तिसामुमा
बिकेका ती सबैको भो प्रवेश राजनीतिमा
स्वार्थी तत्पर छन् गर्न ‘क्रान्ति’को मानमर्दन
कसरी झुक्न सक्छन् ती गरी आत्मसमर्पण ?

‘विचार’ क्रान्तिकारीका झोलामा जति जे थिए
आज ती कसरी झिक्दै च्यातिए फ्याँकिँदै गरे !
‘परिवर्तन’ भन्दै त्यो रूप आमूल फेरिए
बोकेको अब त्यो रित्तो झोलाले भन हुन्छ के ?

कि त भ्रष्ट हुनैपर्ने या निकृष्ट स्वभावको
अब मूल्य कुनै छैन आफ्नो आदर्श भावको
कि त बन्नुपर्यो उस्तै कि त आत्मसमर्पण
भयो बचाउनै गाह्रो आफ्नो पवित्र चिन्तन !

स्वाभिमान बचाएरै बसेका छन् अरू पनि
यिनी जस्तै रहेका छन् आदर्श भावमा पनि
न टुट्छन् न त झुक्छन् यी न बिक्छन् दाममा कबै
खट्दै रहन सक्छन् यी आस्थाको काममा सधैं !

चरित्र, नीति, आदर्श, निष्ठा र त्याग कर्मको
यिनैका बलले केही बचेको छ कि धर्म यो ?
अन्यथा यो प्रजातन्त्र धराशायी हुने भयो
अस्मिता राष्ट्रकै गुम्ने डर पैदा हुँदै गयो !

ओहो ! रगत चुस्दैछन् टोक्दैछन् अङ्ग अङ्ग नै
किर्ना हुन् वा जुका जस्तै टाँसिएका सबै सबै !
भविष्य देशको कस्तो होला ? चिन्तन गर्दछन्
चिन्ता गर्नेहरूभित्र यिनै सत्पात्र पर्दछन् !

निकै कठिन भो मित्र आफ्नो निष्ठा बचाउन
अझ कठिन भो आफ्नो उर–पीडा बताउन
नक्कली काग बन्दैछन् मयूर असलीसरि
सच्चा आदर्शवादी यी अटाउन् पनि के गरी ?

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
परिहास

परिहास

उत्तमकृष्ण मजगैयाँ
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x