साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजुरबाको इमेल

Nepal Telecom ad

एक दिन इन्टरनेटमा
मित्रसँग च्याट गरिरहेको बेला
एउटा इमेल आयो
बिलकुल बिमेल आयो
किनभने त्यो
स्वर्गबासी हजुरबाको इमेल थियो
इमेलमा पनि त्यो जिमेल थियो
जिमेल यस्तो थियो,
प्रतिपक्ष नेताको गाली जस्तो थियो,
मुलासाग होस् कि भाजी
जति खोजे पनि नभिटिने त पाजी !
ल्यान्ड फोन गरे
एसएमएस गरे
मोबाइल ठोके
कहिँ कतै नपाएपछि
इमेलमा भए पनि यो रिस पोखे ।

इमेल हेर्दै अगाडि बढेँ
के लेखेका रहेछन बुढाले पढेँ–
मैले खोले खाएर
लगौँटी लगाएर
नखाई नलाई
दुइचार टुक्रा जमिन जोडेँ
तेरा बाउले पनि
कच्छनी लाउँदै घरघडेरी जोडे
आज त्यो करोडौँको भएपछि
पुर्खाैली सम्पतिले
भाङ गाँजा खाँदा
सुकेको त्यो भँगेरे छाती
हाती जत्रो फुल्ने ?
श्राद्ध गर्नु छैन तिथि गर्नु छैन
पितृहरूलाई भुल्ने ?
कमाइ धमाइ गर्नु छैन
क्यासिनोमा झुल्ने ?
पुख्र्यौली सम्पती बेची बेची
देश विदेश डुल्ने ?
बाफ रे बाफ !
बुढा त कुर्लिनु कुर्लिएछन्
खहरे खोला झैं उर्लिएछन्
बुढाको कुरो कर्रो लाग्यो
हर्रो भन्दा पनि टर्रो लाग्यो
तापनि थोरै अघि बढ्दै
अरु के लेख्या रहेछन बुढाले फेरि पढ्देँ–

‘थुक्क पाजीहरू
काम न काजका काजीहरू
घरखेत बाँझो राखी
परको भूमिमा पसिना पोख्ने
स्वाभिमानलाई बन्दकी राखी
विदेशीको ढोक्ने ढोक्ने ?
आप्mनै देशको ढुङ्गा नफोरी
विदेशीको भारी बोक्ने ?
थुक्क गँजडी !
च्यातेको पाइन्ट लाको छ
सकिया, रोदी, देउडा छोडी
र्याप र भ्mयाप गाको छ
खाली झोला बोकेर
स्कुल कलेज आको छ
नाक कान छेडेर
अमेरीकन साँढे भाको छ ।
नातिनी पनि
मोडेल बन्ने भन्दै, फेसनको नाममा
टालो मात्र लाएकी छ
जिउ बनाउने भन्दै आधी पेट खाएकी छ
शृङ्गारको नाममा भुतनी जस्ती भएकी छ
तर गजबको कुरो मन्त्री प्रधानमन्त्री भन्दा
टिभी पत्रपत्रिकामा उही पो धेरै छाएकी छ ।

अन्तिम अनुच्छेद पढेँ,
थुइक्क धुन्दुकारी !
कहिले यो पार्टीमा छिरेको छ
कहिले त्यो पार्टीमा हिँडेको छ
नैतिकतालाई टुकुचामा फालेर
दिनहुँ पार्टी फेरेको छ
देश बिगार्दै हिँडेको छ
माटोको माया छोडेको छ
आप्mनै आमालाई लात हान्दै
पराइ–नाता जोडेकोे छ ।
पढ्दा पढ्दै बुढाका गाली दिक्क लाग्यो
डिलिट गर्दें, ब्लकै गर्दें बुढालाई
अब त ठिक्क लाग्यो ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x