साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हावा लाग्यो

Nepal Telecom ad

कपालमा हावा लागेर बाल फरर पारेझैंँ,
डाँडा माथि हावा लागेर मन हरर पारेझैँ,
शिरमा हावा लाग्यो नाङ्गै बनायो,
जिन्दगीलाई हावा लाग्यो थाङ्ने बनायो ।

प्रेममा हावा लाग्यो ऊ अर्कैकी भई,
बुढीलाई पनि हावा लाग्यो, पोहोर पोइल गई ।
पहाडी हावा लागेर कोही तराईतिर फन्किएर झरे,
कोही हिमालतिर चम्किएर सरे,
तल्ला घरे बुढा पनि तन्किएर मरे ।

प्र.म.को हावा चल्दा नेता सत्रचोटी ढल्छन्,
सभासद्लाई हावा लागे बाह्रखरी पढ्छन्,
सानोतिनो हावाले त नेतालाई के छेक्छ ?
आँधीबेरी आएमात्रै बाउको बिहे देख्छ ।

‘क’ नपढेकी छोरीलाई हावा चल्यो डाक्टर,
छोरालाई हावा लाग्यो बन्यो कन्डक्टर,
बाहिर फेरि साथीभाइ हावा लाग्ने मित्र ठुलाठालु,
भित्रभित्रै मुर्मुरिने खान्छन् तातो आलु ।
खेतको धानमा हावा लाग्यो सबै लडायो,
संविधानमा हावा लाग्यो जनता लडायो,
छोरालाई हावा लाग्यो गाँजामा व्यस्त,
छोरीलाई हावा लाग्यो भुन्टेसँग मस्त ।

भारतलार्ई हावा लागे नाकाबन्दी गर्ने,
चाइनालाई हावा लागे विश्वकब्जा गर्ने,
अमेरिकालाई हावा लागे चन्द्रमामा मान्छे पठाउँछ,
नेपालीलाई हावा लागे ग्याँस्ट्रिकले सताउँछ ।

नेतालाई हावा लाग्यो संविधानलाई गिँडे,
अभिनेतालाई हावा लाग्यो विदेशतिर हिँडे ।
व्यापारीलाई हावा लाग्यो व्यापार घाटा भयो,
खेलाडीलाई हावा लाग्यो सत्र गोल खायो ।

पुसमा हावा लाग्यो मण्डी उडायो,
चैतमा हावा लाग्यो झुपडी उडायो,
क्याम्पसमा हावा लागे प्रोफेसरनै केटीको नायक,
मन्दिरमा हावा लागे दानपात्र नै गायब,
बुढालाई हावा लाग्यो जहिल्यै जुवातास
बुढीलाई हावा लाग्यो रातभरी चर्पिको बास ।

मान्छेलाई हावा लाग्दा निहुँ खोजेजस्तो,
गोरुलाई हावा लाग्दा भीर खोजेजस्तो,
आउँदैछ हुरीबतास पल्लो डाँडाडाँडै,
तपाईलाई नि हावा लाग्ला भागिहाल्नुस् चाँडै ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x