साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोटा कसो नपाइएला ??

Nepal Telecom ad

आफ्नै घर अंश लाग्दा कोठा कसो नपाइएला ?
सिङ्गो कोठा नपाए’नि चोटा कसो नपाईएला ??

रिती रिवाज भाषा भेष पहिचान बाँड्दै आयो सरकार
थाप्न जान्छु धोती कछाड भोटा कसो नपाइएला ??

खान दे’न त्यो तन्त्रले पौरख पोख्छु पखेरामा
मैले खाने आँटो पिठो रोटा कसो नपाइएला ??

उपियाँ झैं चुसीचुसी यो देशलाई बनाऊ जोगी
भिक्षा थाप्न कमण्डलु लोटा कसो नपाईएला ??

गरे गर मरे मर ए देशका गद्दार हो
श्रद्धाञ्जली अर्पण गर्न फोटा कसो नपाइएला ??
मोरङ, उर्लाबारी
हाल साउदी अरब

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x