साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भागबण्डामा आमा

Nepal Telecom ad

सुन्यौ नि तिमीले मेरी आमा,
दाइले त गोत्र फेर्यो अरे
भाइले नि छिट्टै फेर्दै छ रे,
तिमीले दिएको नाम त यिनले
छाड्छन् कि कसो ?
फेरेको गोत्रको पहिचान खोज्ने अरे ।

अंशवण्डा पनि पो लगाउँदै छन् रे
लेकको बारी र वेँसीको गरोले मात्र पुग्दैन रे
तिमीलाई पनि पो चिरेर बाँड्ने अरे
तिम्रा दाहिने स्तनमा दाइले
उसको गोत्रको झण्डा गाड्छ अरे
देब्रे स्तन त भाइले
तिम्रा शरीरबाटै पो अलग्याउँछु भन्दै छ रे !

तिम्रो लट्टा परेको कपाल पनि भाग लगाए रे
आफ्नो आफ्नो भागको सक्दो लुछ्ने अरे
आमा बिर्सेर पनि
टाउको दुख्यो चाहिँ नभन ल
तिम्रो उपचार खर्च भाग लगाएको छैन
उपचार गर्न परे छिमेकी दाइ आउँछ अरे
आफ्नो ओठ रसिलो पारेपछि
अलिकति खर्च दिन्छ अरे
फेरि त्यो खर्च चाहिँ दाजभाइले
बाँड्ने अरे !

भाउजू बुहारीको माइतीबाट
टिकट आको छ रे
त्यो टिकटमा बहिनीलाई
बम्बई लाने अरे
अनि बहिनीको
पीडा रुवाइको सङ्गीतमा
भाउजूले राष्ट्रगान लेख्ने अरे
बुहारीले नारी–गीत गाउने अरे
अनि पो बल्ल तिमी
स्वतन्त्र सार्वभौम नेपाल हुन्छ्यौ अरे
तिमीमा त ठूलो परिवर्तन ल्याउने अरे
आमा, तिमीलाई त नयाँ नेपाल बनाउने अरे ।
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x