सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मने, सुत्छु अब

Nepal Telecom ad

मने, ठ्याम्मै निन्द्रा लाग्न छाड्यो । परिस्थिति कहाँबाट कहाँ पुग्यो ! अहिले ३० दल भेला गर्दा पनि त्यस बेलाको आफ्नो एउटा दलको एउटा अंशजत्रो पनि हुँदैन । अनि, कसरी बढ्छ आन्दोलन ? कसरी लाग्छ निन्द्रा !

कस्तो अप्ठ्यारो, चुप लागेर बस्नु पनि खतरा, आन्दोलन गर्नु पनि खतरा । चुप लाग्दा बचेखुचेको शक्ति समाप्त हुने, आन्दोलन गरौँ, असफल हुने डर । त्यो बेला त्यस्तो शक्तिमा हुँदा त बीचमै आन्दोलन छाड्नुपर्‍यो । अहिले साथमा छन्, जम्माजम्मी दुई-चार सिटे भारेभुरे दलका नेता । त्यही पनि बेलाबेला सत्ताधारीहरूले मन्त्रीको लोभ देखाएर बुरुक्क बुरुक्क उफार्छन् । यस्ताहरूलाई साथमा लिएर आन्दोलनको कुरा गर्नु छ । साथमा राखिराख्न पनि कम मिहिनेत गर्नु पर्दैन ! \’ओलीहरू तिमीहरूलाई पेलेरै सिध्याउन चाहन्छन् । तिमीहरूलाई मनपरी गाली गर्छन् । विखण्डनकारी भन्छन् । यस्ता कुरा मैले रातदिन सुन्नुपरेको छ, मलाई कति नमीठो लाग्छ ।\’ इत्यादि भनेर हावा भरेको भर्‍यै छु ।

मैले आन्दोलनलाई सशक्त बनाउन प्रतिपक्षीहरूको हेडक्वार्टर बनाऔँ पनि भनेँ । पछि विचार गरेँ, आफ्नै हेडक्वार्टर टुक्रिएर धूलो भइसक्यो । पार्टीका बडेबडे क्रान्तिकारीलाई गुमाएर फोरम, तमलोपाहरूलाई लिएर केको हेडक्वार्टर ! आफ्नै कुराले आफैँलाई हाँसो उठ्यो । उही ओलीहरूलाई तर्साउने मेलो । के गर्ने, राजनीतिमा अनेक खेला देखाइरहनुपर्छ ।

अस्ति ३० दलीय मोर्चाको बैठकमा बोल्दा बोल्दै दिमागमा एउटा रमाइलो ठट्टा आयो । मैले भनेँ, हामीसँग बहुमत हुँदाहुँदै अल्पमतको दबदबा सहनु हुँदैन । मेरो कुरा सुनेर मोर्चाका नेताहरू हाँसे । मैले कुरा यसरी बुझाएँ, यो हाँस्ने कुरा होइन । उनीहरूभन्दा हाम्रो मोर्चामा चार गुना बढी दल छन् । हाम्रो मोर्चाले पाएको मतमा चुनावमा हारेका, चुनावमा भाग नलिएका, चुनाव बहिष्कार गरेका, विदेशमा रहेर भोट हाल्न नपाएका इत्यादि सबैको मत जोड्यो भने हामी दुईतिहाइ बहुमतमा छैनौँ त ? कुरा सुनेर नेताहरू हेर्‍याहेर्‍यै भए । यति कुरा गर्न पनि नजानेको भए त अहिलेसम्म मलाई कसले गन्थ्यो र !

अस्ति संयुक्त राष्ट्र संघका महासचिवको चिट्ठी आयो । उनले भनेका छन्, \’संविधान बेलैम्ाा बनाउनूस्, संविधान बनाउन अरूले सक्दैनन्, तपाईंले मात्र सक्नुहुन्छ\’ भनेर मलाई लेखेका छन् । उपमहासचिव आएर त भेटेरै भने । विश्व समुदायलाई मैमाथि भरोसा छ । सबैले मेरै आशा गरेका छन् । मोदीले संसारैभरि मेरो प्रशंसा गरे । तर, के गर्ने, राजनीतिमा मनमा लागेकै मात्र गरेर हुँदो रहेनछ । बन्द र हडतालले जनताको घृणा बटुल्नुबाहेक केही गर्दैन भन्ने मलाई थाहा नभएको हो र ! सिंगो मधेसलाई एक प्रदेश दिने कुरा मलाई मन परेको कुरा हो र ! अब पनि संविधान नआए जनताले अर्को चुनावमा हामीलाई शून्य सिटमा पुर्‍याउन सक्छन् भन्ने मलाई अनुमान छैन र ! कस्तो विलखबन्दमा परियो भने…! अब यो भुमरीबाट कसरी बाहिर निस्कने ?

लौ न, उज्यालो हुन पो लाग्यो कि क्या हो ! यो केपी ओली भन्ने मान्छेले त भोक न निन्द्रा बनाइदियो । यो त मैले सोचेभन्दा चौगुनाको रहेछ । मान्छेहरू धमाधम उसका पछि लाग्न थाले । अब \’सेफ ल्यान्डिङ\’को बाटो नखोजी नहुने भयो ।

आजलाई मने, सुत्छु अब ।
नेपाल, माघ ४

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे