साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहले घाँस खाँदैन

Nepal Telecom ad

“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन”
यसरी भनिन्छ मानौ यो भनाइमा भन्दा ठुलो ज्ञान अन्त कतै पाइँदैन
सिंहले घाँस खाँदैन त खाँदैन, म के गरौँ ?
मैले उसलाई घाँस खा पनि भनेको छैन,
घाँस नखा पनि भनेको छैन ।
उसलाई जे मन लाग्छ खान्छ, जे मन लाग्दैन खाँदैन
उसले खानेकुरा मसँग माग्न पनि आउँदैन,
मैले खाने कुरा मलाई दिन पनि ल्याउँदैन
सिंहले के खान्छ र के खाँदैन,
त्यसले मलाइ केही फरक पर्दैन
सिंहको खानाबाट मलाइ चाहिने ज्ञान झर्दैन
के चैं ज्ञान लुकेको छ हो सिंहले के खान्छ र के खाँदैन भन्ने भनाइमा ?
किन मानिसहरू ठुलो पल्टिएर भन्छन्–
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन ।”

ज्ञान खोज्न कतै नपाएर सिंहको आहार नै केलाउनु पर्छ ?
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन”, के यो भन्ने पर्छ ?
जतिसुकै धनी परिवारको भए पनि जागिरेले घुस खाने मौका छोड्दैन
के यो भनाइबाट कुनै ज्ञान झर्दैन ?
बडो जान्ने भएर भन्नैपर्छ–
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन ?”

बोकोले बाख्रो खाँदैन
यो पनि त छ
हातिले मुसा खाँदैन
गैँडाले पानीपुरी चाट खाँदैन
मानिसले जानाजान लामखुट्टे खाँदैन
सबैका आआफ्ना खाने र नखाने कुरा हुन्छन्
सिंहकै खाना केलाउनु पर्छ ?
अरुको केलाए हुँदैन ?
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन” भन्छन किन् मानिसहरू
खाँदैन त खाँदैन, म के गरूँ ?

जेसुकै खावस् या नखावस् सिंहले
त्यसले मेरो पेटमा केही असर पर्दैन
खान मन लागे खाए हुन्छ सिंहले घाँस
त्यसलाई छेक्न कोही जाँदैन
आफूलाई त एउटै कुरो थाहा छ
मन लागेको खाना छोड्नु हुँदैन
सिंहले घाँस खाए खान्छ नखाए खाँदैन ।
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x