सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गजल प्रतियोगितामा सुवेदी प्रथम

Nepal Telecom ad

पोखरा, ०७१ माघ २३ गते । लमजुङको दक्षिण पश्चिम सोतीपसलमा जारी रिस्ती उपत्यकाको प्रथम सोतीपसल महोत्सव अन्तर्गत सम्पन्न खुला गजल प्रतियोगितामा ईशानेश्वर लमजुङका विश्वचन्द्र सुवेदी पहिलो हुनुभएको छ ।

प्रतियोगितामा सूर्यपालका रामकुमार श्रेष्ठ ‘फुच्चे’, भोर्लेटारका रमेश लामिछाने र सोतीपसलका माधव खनालले व्रmमशः दोस्रो, तेस्रो र शान्त्वना पुरस्कार पाउनुभएको छ । कार्यव्रmमका प्रमुख अतिथि गजलकार दीपक समीपले नेपाली गजल क्रमशः नेपाली जनसाधारणसम्म लोकप्रिय हुँदै गएको बताउनुभयो । मेला महोत्सवहरूमा साहित्यिक कार्यक्रमलाई पनि स्थान दिनुपर्ने बताउँदै समीपले आफ्नो ठाउँमा भएको महोत्सवमा साहित्यलाई महत्वका साथ स्थान दिइएकोमा गौरवको महसुस भएको बताउनुभयो ।

कार्यक्रम संयोजक तीर्थराज तिवारीले आगामी दिनमा अझ व्यस्थित ढङ्गले साहित्यिक कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो । कार्यक्रममा निर्णायक रुपिन्द्र प्रभावी र रमेशचन्द्र घिमिरे, गजल सन्ध्या, पोखराका अध्यक्ष उदिपराज ढुङ्गाना, सदस्य तथा पत्रकार अमृत सुवेदी ‘गुराँस’लगायतले गजल प्रस्तुत गर्नुभएको थियो ।

माघ २५ सम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिको परम्परागत झाँकी तथा भजन, बालुन, कृष्णचरित्र, चुड्का, सोरठी, घाँटु नाच, लाखे नाच, ट्याकटुके नाच लगायतको साँस्कृतिक प्रर्दशनी लगायतका कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराम पुरीले बताउनुभएको छ ।

महोत्सवका इच्छुक दर्शकलाई रिस्ती उपत्यकामा रहेका ऐतिहासिक एवम् दर्शनीय स्थलहरू तान्द्राङकोट गढी, सप्तधारा, तामाखानी, जाल्पादेवी मन्दिर, देवीस्थान, शिव पाञ्चायन मन्दिर, गोर्खालीस्थान ठाना सूर्यपाल, समिभञ्ज्याङ, रम्घास्थित नेपालकै मध्यविन्दु र माहिन्द्री गङ्गा क्षेत्रको अवलोकन भ्रमण पनि गराइने बताइएको छ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad