साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हुनै सक्दैन

Nepal Telecom ad

चौबिस–चौबिस घण्टामा–
नाथे बार घण्टा बत्ती नहुँदैमा अन्धकार भयो रे !
झूठ, हुनै सक्दैन !

हप्तैपिच्छे पानी बाँडिएको छ
मात्र छ दिन नआउँदैमा हाहाकार भयो रे !
मिथ्या, हुनै सक्दैन !

बार–बार महिनामा–
यसो एकदुई महिना ग्याँस नपाउँदैमा अतिसार भयो रे !
ब्यर्थ, हुनै सक्दैन !

एउटामात्र देश भनम् त चोखो !
दुईचार करोड खुद्रे भ्रष्टाचार हुँदैमा अत्याचार भयो रे !
अनर्थ, हुनै सक्दैन !

भाऊ नबढे नाफा कसरी होला ?
यसमा पनि गाली गर्छन्, भाउबृध्दि तारम्तार भयो रे !
सनकी, हुनै सक्दैन ।

प्रजातन्त्र बुझेकै छैनन् लाछी जनताले–
कुर्सी तानातान भयो रे ! हानाहान पनि भयो रे !
हुन्छ त ? हुन सक्दैन !

यो साँच्चै लबस्तराहरूकै देश हो ।
छि लाजमर्नु ! यस्ता नाथे देशको नेता पनि के हुनु !
इज्जत ? हुनै सक्दैन ।
२०७१ माघ
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x