साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशभाँडालाई !

Nepal Telecom ad

बनोस देह तेरो खरानी खरानी
बगाउँ नदीमा तँलाई हरामी
छुरा रोपिऊन् चाल्नु जस्तै तँलाई
सबै प्वाल छिद्रा निसानी बनाई ।

डढेलो पसोस्, खेत तेरै बगाओस्
बिना दोष मुद्धा तँमाथि लगाओस्
मरून् गोरु तेरा, बनोस् खेत बाँझै
लगोस् साहुले लैनुभैँसी स–साँझैँ ।

पिठो माग्नु तैँले परोस् है मकैको
खुसीको हेराइ नहोस् है कसैको
परेवा मरून् रोग लागी चराको
सुकोस् धान कोदो नफल्दै गराको ।

छ कालो करालो मनै भित्र तेरो
बनिस् दुष्ट जङ्गे दुरुस्तै अँधेरो
तँलाई भनूँ के फुटाएर जन्ता
गरूँ मोज भन्छस् पचाएर भत्ता ।

तँ होस् देशभाँडा तँ होस् खण्डवादी
तँ होस् जात भन्ने असाध्यै खराबी
तँ लुच्चो अधर्मी छुचो दुष्ट पापी
लिएँ सास मिठो तँलाई सरापी ।

सबैले थुकेको लुते स्वान जस्तै
बुढो गोरुझँै बन्नुपर्ला अझै नै
स्वयम्ले खनेको ठूलो गर्तभित्र
परिस् भन्नलाई भयो के विचित्र ।
जुरोपानी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x