चट्याङ मास्टरह्यान्डसम पो रहेछ !
चनमती नानीले मनमती नानिसँग भनिन्–
म कलेज जान बाटोमा हिँड्दै थिएँ
मेरो पछाडि केहि केटाहरू थिए
पछाडिबाट एउटाले जिब्रो पड्कायो
एकछिन पछि त्यसैले सिट्ठी बजायो
वास्तै नगरी हिँडेको त झन् नजिकै आयो
कानै नजिक आएर ‘आइ लभ यु’ नै भन्यो ।
मेरो पालो आफ्नो एक चप्पल हातमा लिएँ
त्यसको मुखभरी थुक्न आफ्नो मुखभरी थुक भरेँ
मेरो चप्पलले त्यसको मुखमा हान्छु
अनि त्यसको मुखमा पिचिक्क थुक्छु
भनेर पछाडि फरक्क फर्किएको त
आफ्नो चप्पल आफ्नै हातैमा रह्यो
आफ्नो थुक आफैंले घुटुक्क निलेँ
बज्या त कस्तो ह्यान्डसम पो रहेछ !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































