साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो पार्टीले नयाँ वर्ष ल्यायो

Nepal Telecom ad

कत्रो संघर्ष गरि ल्यायो
उत्रो बलिदान गरि ल्यायो
ठुलो त्याग तपस्या गरि ल्यायो
जनताको चाहना अनुसार ल्यायो
देश र जनताको लागि
नया बर्षमा नयाँ देश बनाउन
हाम्रो पार्टीले नया बर्ष ल्यायो ।

दलित शोषित पीडितका लागि
मुक्ति दिलाउन ल्यायो
पिछडा वर्ग आदिबासीका लागि
उनमुक्ति मिलाउन ल्यायो
सामन्त सिध्याउन ल्यायो
गरिबलाई सम्बृद्ध बनाउन ल्यायो
पहिचान दिलाउन ल्यायो
समाबेशी बनाउन ल्यायो
हाम्रो पार्टीले नया वर्ष ल्यायो ।

वाद विवाद बर्बाद ल्यायो
आपसमा मारामार ल्यायो
युबा बेरोजगार ल्यायो
अपराधी फरार ल्यायो
बुढाबुढी लम्पसार ल्यायो
चरमचुली भ्रस्टाचार ल्यायो
अन्याय अत्याचार ल्यायो
सहिदका सपना साकार तुल्यायो
जस्तो सपना देखे सहिदले
ठ्याक्कै त्यस्तै दुरुस्तै ल्यायो
हाम्रो पार्टीले नयाँ वर्ष ल्यायो ।

तपाई यो पढ्दै हुनुहुन्छ भने
तपाई सहिद हुनै बाँकी छ
हाम्रा सहिदका सपना के थिए
त्यो तपाईले थाहा पाउनै बाँकी छ ।

हाम्रो पार्टीका उपलब्धिको सहि मूल्याङ्कन गर्न
हाम्रा सहिदका सपना के थिए भन्ने वास्तव मै थाहा पाउन
पहिला सहिद हुनुहोस् अनि सपना देख्नुहोस्
अथवा पहिला सपना देखनुहोस अनि सहिद हुनुहोस्
अनि भन्नु होला हाम्रो पार्टीले साच्चै परिवर्तन ल्यायो
देश र जनताको लागि यस्तो अग्रगमन ल्यायो
महान क्रान्ति गरि हाम्रो पार्टीले
यसपाली त नयाँ वर्ष नै ल्यायो
हाम्रो पार्टीले नयाँ वर्ष ल्यायो
हाम्रो पार्टीले नया वर्ष ल्यायो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x