साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झर्न बाँकी पातहरू

Nepal Telecom ad

समयले एउटा पात खसाल्यो !
(कि या, मान्छेले जबरजस्ती झा¥यो समयको रूखबाट ?)
पुरानो रङ्गको आफ्नै अनुहार च्यात्यो समयले
र, रगतजस्तै जमिसकेको नालीमा फाल्यो
अर्को नयाँ तेजिलो रङ्गको अनुहार
उसले लामो हात तानेर टिप्यो क्षितिजबाट
र, च्यातिएको ठाउँमा मिलाएर सजाइदियो !
अखण्डित समयलाई खण्डखण्डमा गिन्ती गरेर
मान्छेले अनगिन्ती क्यालेण्डर नर्कमा मिल्काएको छ
क्राइस्टलाई क्रुसमा टाँगेजसरी
उसले भर्खरै नयाँ क्यालेण्डर भित्तामा टाँगेको छ,
नयाँ सङ्कल्प छातीको भित्रपट्टि टाँगेको छ,
एक फरक रङ्गको सपना ममजत्रो गिदीभित्र खाँदेर
पृथ्वीजस्तै स्टीम–डेक्चीभित्र राखिदिएको छ ।
रातरातभरि स्खलित भइरहने
सूर्यको तात्तातो वीर्य बोकेर
समय सधैँ गर्भवती भइरहन्छ
भूगोलजस्तो न खगोलजस्तो पाठेघरभित्रबाट
जबरजस्ती धकेलिरहन्छ एकएक नयाँ बिहान !
(मान्छे लीला हेरेर उत्सव मनाउने प्राणीभित्र पर्दछ)
लीला खेल्दाखेल्दै समय
कहिलेकाहिँ सहभागी भइदिन्छ मान्छेको उत्सवमा
रगतकै रङ्गका प्याला पिएर ऊ नाच्न थाल्छ, झुम्न थाल्छ
महामहिम राष्ट्रपतिहरूको रात्रीभोजजस्तो उत्सवबाट
समय फकिर्कहँदा
सभ्यता सधैँ ट्राफिक जाममा फसिसकेको हुन्छ ।
कैयौँ क्यालेण्डरहरूको मृत्यु भइसकेको छ
कैयौँ सभ्यताहरू जाममा फसिसकेका छन्
तर, पृथ्वीबाट रित्तिएका छैनन्– वीर्यहरू,
धकेलिसकिएका छैनन्– बिहानहरू,
झरिसकेका छैनन्– पातहरू समयको रूखबाट ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लामबद्ध देश

लामबद्ध देश

राजेन्द्र तारकिणी
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x