साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जसरी तराईलाई…

Nepal Telecom ad

जसरी तराईलाई जिस्क्याउँछ्न डाँडाहरूले
जिस्क्याईरहन्छन् फूलहरूलाई काँडाहरूले ।

भलो गरे अरुको स्वर्गको बास हुनेछ
सम्झाई रहन्छन दिनहुँ बुढा खाडाहरूले ।

मान्छे चाहिँ बुद्धिमान बुद्धिहीन भैंसी रे
आमाको दूधको आश गर्दैनन् पाडाहरूले ।

हजुर छलले चल्नु हुँदो रहेछ महाशय
गरिबका चुल्हो बल्छन् ठेला गाडाहरूले ।

चौबन्दी बुलाकी, सारी चोलो हराउँदा
दुई बित्ते कपडा लगाउँदै छन् छाडाहरूले ।
नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
0
Would love your thoughts, please comment.x
()
x