साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुत्ता फुकाल्न मनाही छ

Nepal Telecom ad

लोकेले एउटा अफिस खोले
यसको नाम थियो जय भोले
अफिस सामान्य थियो
जो पनि जुत्तैसँग आउँथे
आउनेहरूले जुत्तासँगै
धुलो माटो पनि ल्याउँथे
कोही त गोबरै बोकी आउँथे
हुँदा हुँदा कोही त
मान्छेकै गोबर बोकी ल्याउँथे ।

एकतिर सफा गर्याछ गर्याछ
अर्कोतिर फोहर पर्याछ पर्याछ
दिक्क भएपछि लोकेले
एक दिन
पुरानो कार्पेट फाले
नयाँ कार्पेट हाले
‘कृपया जुत्ता बाहिर’ लेखे
मान्छेले पनि जुत्ता खोले
जब नयाँ नोटिस देखे ।

ओ हो ठहरै पार्ने
त्यो मोजाको गन्धको पर्राले
के धुवाथ्र्याे होला त्यसरी
एक पाने ठर्राले
कसैको मोजाले नाकै परपराउने
कसैको मोजाले आँखै फरफराउने
कसैले मोजा
कुर्कुच्चै देखिने ल्याको छ
कसैको मोजाबाट
बुढी औँलाले चियाको छ
कसैको मोजाले ठहरै पार्ने
कसैको मोजाले यति ध्वार्ने कि
झन्नै सास बुजिएर झन्नै मार्ने
कसैको मोजाले त
वाकवाकी आउला जस्तो
कसैको मोजाले त
आन्द्राभुँडी उल्टाएर
ख्वात्त बाहिर ल्याउला जस्तो ।

मित्र लोकेले
फेरि नयाँ कार्पेट फाले
त्यही पुरानो कार्पेट हाले
र नयाँ नोटिस टाले
आगन्तुकज्यूहरूलाई यो जनाइन्छ
अब उपरान्त जुत्ता फुकाल्न सबैलाई
सशक्त मनाही छ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x