साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेस्टसेलर कारखाना

Nepal Telecom ad

थाकेको ज्यान र मरियल मन लिएर घरतर्फ घिसारिंदै गर्दा स्कुले दौंतरी चिन्तामणि ‘थकेला’ सँग भेट भयो ।
“मेरो किताब पढ्यौ ?” थकेला फुर्तिला देखिए ।
“तिमीले पनि किताब लेख्न भ्यायौ ?” म विस्मित भएँ ।
“पत्रपत्रिका पनि पढ्दैनौ कि क्या हो ? त्यत्रो चर्चा भइराख्या छ, बेस्टसेलर भयो नि मेरो पुस्तक ।”
साथीको अँध्यारो मुख नियालें । उनी थप हौसिए, “छापेरै भ्याइएन, बजार पुर्यायो कि चरिझ्याप भैरा’छ !”

मित्रको उन्नति र आफ्नो दैनन्दिनीको तुलनात्मक चित्रले भाउन्न पार्ला जस्तो हुँदा मैले बिदाइको हात मिलाउन पनि बिर्सेछु । अलिपर छेकारो काट्दै उनले भने, “दुई चार प्रति त तिम्ले पनि किन्दिनै पर्यो नि यार !”

खल्ती झ्mारझोर पार्दा कुल एक थान किताब बराबरको पैसो निस्क्यो । यो गतिको पाठक भएको मुलुकमा अचेल साहित्यको बजार गर्माएको छ भन्छन् । अर्थात्, शारदेका साधकमाथि माता लक्ष्मीको कृपादृष्टि पर्ने आफैंमा अवैज्ञानिक विधि लागू भएको छ । आँतमा इन्धन नपरी दिमाग नघुम्ने, दिमागी हलचल विना कलम नसर्ने विज्ञान हिजोआज विदामा बसेको छ भने बजारको यो तातो तावामा मैले मात्र किन हथौडा नमार्ने ?

नभन्दै, साथी ‘थकेला’ बाट समेत प्रेरणा लिएर लेखनीलाई के धिकिरधिकिर पारेको थिएँ, बजारमा दशरबीस हजार प्रति पुस्तक टापटिपै तुरिएको खबर सुन्नुपर्यो । कतिसम्म भने, मैले सिनेमा निर्माणको सम्भावनालाई समेत ध्यानमा राखेर लेखेको पहिलो उपन्यास ‘घुम्तीभन्दा अलि तल्तिर भेट भयो’ का प्रकाशकले पहिलोबाजीमै पाँचौं संस्करणसम्म छाप्न भ्याइदिन्छन् कि भन्ने झस्कना समेत भयो ।

“पाठकहरूलाई यो किताब नपढ्दा जिन्दगीको जँघार तरिंदैन भन्ने लागेको मालुम हुन्छ”, प्रकाशकले जानकारी गराए । बस्, माहोल यस्तो छ भने रोडपति लेखकलाई करोडपतिमा दरिन कति बेर लाग्ला ? लेखेको अक्षर खेर नजाने कुरा, कुरै मात्र होइन रहेछ । साहित्य कमसल भए त्यसले नवलेखकलाई लेख्ने आत्मविश्वास दिँदोरहेछ । त्यो सोचले मलाई एउटा शानदार प्रकाशन गृहको प्राङ्गणमा टेकायो । अफिसको चकाचौंधले नेपाली पुस्तक बजारको तेजीमाथि शङ्का नगर्न दिइरहेको सङ्केत बुझ्दै सम्पादकको खोजी गर्दा मार्र्केिटङ विभागका ‘एक्जिक्युटिभ’ हरूले प्रकाशक महोदयको च्याम्बरतिर सोझ्याइदिए । त्यहाँ लेखकहरू धनुष्टङ्कार मुद्रामा हात मोलिरहेका थिए । तीमध्येका एकले हेडसरको हप्की थेग्न सकेनछन्, लल्याकलुलुक प्राविका भुरा माफिक मुर्गासनै गर्न खोजे । “छोक्रे बोक्रेहरू बेस्टसेलर बनिरहेको बेला मेरो किताबले त बम्पर सेल नै गर्ला” म आफैं झाँक्री बन्न अग्रसर भएँ ।

“के खासियत छ ?” नोट गनिरहेका प्रकाशक महोदयले मुन्डी नउठाई सोधे । “गुदीले टम्म छ !”
“त के भो ? गुदीले थोडी किताब बिक्छ !” उनले नोटका गड्डी थान्को लगाउँदै ए–फोर साइजको एउटा पाण्डुलिपि देखाउँदै भने, “यो अबको बेस्टसेलर हो ।”

पल्टाएर सरसर्ती हेर्दा त्यसमा माल–गुदी नभएको थाहा भइहाल्यो । नियन्त्रित खित्काका साथ मैले भनेँ, “खुर्कीखार्की दुइटा कथाको के किताब बन्छ ?”

“बचेरा छौ, यस्तो टिरिक जान्दैनौ !” उनी कुटिल देखिए । अघि नोट थन्क्याएको टेबुलको घर्राबाट एउटी रूपसीको तस्वीर अङ्कित आवरण निकालेर देखाउँदै सोधे, “कथालाई यसको साँचोमा ढाल्न सक्छौ ?”

“अधवस्त्राले साहित्यलाई निर्वस्त्र नपार्ला र महोदय ?” घुइरे नजरले तस्वीर नियाल्दै सोधेँ ।

उनले सफलताको गुर सिकाए, “बजारको माग अनुसार कथालाई मगन्ते बनाउनु, कथम् कथाले मागेनछ भने पनि ढीठ भई त्यस्तै गाता चिप्काउनु, नारी पात्रको मुखलाई छिल्लिन लगाउनु, सिनेमाको आइटम डान्स झैं द्विअर्थी र उत्तेजक संवाद घुसाउनु !”

लिटमाण्डुको ‘कास्टिङ्ग काउच’ सम्झँदै सम्झौता गरेर मैले सोधेँ, “लेखकस्व चाहिं के–कस्तो होला नि हजुर ?”
प्रकाशक बोले, “पूँजीको नाफा, साहसीलाई सलामी, विज्ञापन खर्च, मार्र्केिटङ्ग कस्ट र ‘पेड’ समीक्षकको ज्याला सहित समग्र ठेलुवा मेकानिज्मलाई सिदा पुर्याउँदा उब्रेछ भने लेखकले अवश्य दक्षिणा पाउँछ !”
“निश्चितै हातलागी हुने केही छ कि ?”
“बेस्टसेलर राइटरको पगरी !”
हिमाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x