साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विरे नुनको भाँडो कहाँ छ ?

Nepal Telecom ad

म नेतो यो देशको
भर्खर सत्तरी न पुगेँ
लक्का जवान युवा पुस्ता
केटो यो देशको
चाउरी गाला झरिलो छ
भ्यात्ते भुँडी भरिलो छ
फेरि असार लागि सक्यो
लटरम्म बजेट पाकिसक्यो
फेरि विदेश जानु पर्छ
ग्वाम्मै विकास खानु पर्छ
खानलाई त के नै हो र ?
तन्त्रे सुकुटी खाइयो
मजैले पचाइयो
६२–६३ को अचकल्टे खाना
कुहिएर पेटमा जाँड भैसक्यो
दुई चार पल्टको म्याद थपे सभा
छछल्केर सबै माड भैसक्यो
आयोडिन कमको लडाकु प्याकेज
गर्धनै छोप्ने गाँड भैसक्यो
पीडितको राहत निल्नु न थुक्नु
घाँटीमा अड्केको हाड भैसक्यो
भेटेको सबै खानै पर्छ
छाडौँ मनले मान्दैन
खाऔँ ज्यानले धान्दैन
रातभरी ठुस्स ठुस्स छाड्यो
तिमी पड्किन्छौ
दिनमा छाडौँ भने सभा भड्किन्छ
लौन प्रिय लिपुलेकले त मासीनै पार्छ कि कसो
गुप्त वस्त्रमा चुहिनै लागि सक्यो
घरमा छेर्दा छिमेकीले सुन्लान्
नजिकैको डाँडो कहाँ छ ?
पाचन क्रियालाई ओभरलोड भए जस्तो छ
बिरे नूनको भाँडो कहाँ छ ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x