प्रेम ओली ढकलपुरेहियर स्टाइल
कसैको वारिपारि
आली ताछे झै ताछेर
बटैको खोर राख्या जस्तो
कसैको आलु रोपेर
माथि मकैको ढोडले ढाक्या जस्तो
कसैको भालेको सिर जस्तो
कसैको कृष्णभिर जस्तो
कसैको जेल लगाएर
दुम्सीको काँडा जस्तो
कसैको मदानीको पोरा जस्तो ।
कसैको घोडाको जग्गर जस्तो
कसैको सुँगुरको जग्गर जस्तो
कसैको एयरपोर्टमा
हाईवेको वारिपारि
उम्रेको घाँस जस्तो
कसैको फुलेको बाँस जस्तो
कसैको छत्री झैँ छत्रिएको
कसैको पुच्छर झै लत्रिएको
कसैको कपालले पुच्छर हालेको
कसैको कपालले एन्टिना फालेको
कसैको रातो निलो सप्तरङ्गी
कसैको लट्टा जट्टा फिरङ्गी
कसैको कुखराको भुत्ला जस्तो
आजको हियर स्टाइल कस्तो कस्तो ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































