साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउ नेपाल बन्द गरौँ

Nepal Telecom ad

निकै दिनदेखि सुनसान थियो
झण्डै बर्षदिन देखिको अभाव बन्दको थियो ।
सुनसान थियो सडकमा कैले टायर बलेको थिएन
जनताले काम गर्न पाएका थिए ।
मजदुरहरू पनि बिहानै गएर
बेलुका अबेरसम्म काममा थिए
कसैले भात खानलाई रुन परेको थिएन ।

अचम्मै भएको थियो नि हुन पनि
कसैले रोडमा ढुङ्गा हानेको थिएन
कसैले कसैको अपहरण गरेको पनि सुनिएको थिएन
कतै सवारीले मान्छेको शरीरमा सवारी भरेको पनि सुनिएको थिएन
पल्लो टोलकाले ओल्लो टोलमा कुटपिट गरेको पनि थिएन
झगडामा कुनै निर्दोष मरेको पनि थिएन ।

लिम्बुले खम्बुलाई गाली गरेको पनि थिएन
नेवारले तामाङलाई सरापेको पनि थिएन
चेपाङले क्षत्रीलाई हकारेको पनि थिएन
बाहुनले कसैलाई झपारेको पनि थिएन ।
एउटै उद्योग बन्द पनि भएको थिएन
धारामा पानी नै आएको थियो
बजारमा भाउ पनि मन्द गतिमा बढेको थियो ।
जनतामा डरको राज्य पनि हराउन थालेको थियो
हाम्रो पहिचान नै हराउन थालेको थियो
कैले सडक बन्द भएको पनि थिएन
सबैको चुलो बलेकै थियो
सबैले काम गरेर खाएकै थिए ।

भातृत्वको नाता बनेकै थियो
जातिमा सद्भाव झल्केकै थियो
कुनै बुद्धिष्टले हिन्दुलाई गाली पनि गरेको थिएन
कुनै इसाईले मुस्लिमलाई कुटेको पनि थिएन
कुनै एउटा समुदायको मान्छेले
अर्कोलाई लुटेको पनि थिएन ।

एउटा दलले अर्कोलाई छेकेको पनि थिएन
कुनै नेताले अर्को नेताको बदनाम पनि गरेको थिएन
भाषणमा कसैलाई छेड हानेको पनि थिएन ।
एउटा भाषीले अर्कोलाई व्यङ्ग्य पनि गरेन
एउटा टोलले अर्को टोललाई अवरोध पनि गरेन
साँच्चै अचम्मको बर्ष भएर बित्यो यो बर्ष ।

त्यसैले अब यस्तो हुनुहुन्न
मान्छेले शान्तिपूर्वक बाँच्न पाउनु हुन्न
बाटोमा सवारी निर्वाध चलाएर सडकलाई बिगार्नु हुन्न
सधैं चलाएर कार्यालयहरू सरल रुपमा
सेवाप्रबाह गर्ने बनाउनु हुन्न
यसो गर्दा हाम्रो बन्द गरेर चलाउने पहिचान गुम्छ
इतिहासले हाम्रो अस्तित्वलाई सराप्छ
झगडा र मनमुटाव विनाका हामी हुनुहुन्न
अझ राम्रो सम्बन्धमा मिलेर बसे त
हामी बेकम्मा नै हुन्छौँ ।

काम गरेर खानेहरू खान नपाउन्
कार्यालय जानेहरू दिनभर हिँडेर जान परोस्
उद्योगधन्दा चल्न नपाउन्
धारामा पानी नआओस्
बजारमा सामान नपाओस्
महङ्गीले आकाश छोओस्
स्कुल कलेज बन्द होउन्
आजको काम आजै नहोस्
गाली गर्नलाई लाजै नहोस्
बालबच्चाहरू बाटोमा खेलुन्
बिग्रे पनि के हुन्छ र उनीहरू नै बिग्रुन् ।

भोलिको देशको किन वास्ता गर्नु र
आउ बन्द गरौँ
हाम्रो पहिचान जोगाउन
हाम्रो मिलेर बस्ने संस्कार बिगारौँ ।
घरघरमा झगडा गरौँ
सडकभरी फोहोर फालौँ
ढुङ्गामुढाले शहर भरौँ
बल्ल हाम्रो ईज्जत बच्छ
आउ मिलेर बन्द गरौँ
आउ नेपाल बन्द गरौँ ।

कैले जात भनेर गरौँ
कैले भात भनेर गरौँ
कैले तरकारीको भाउ कसेर गरौँ
कैले सवारीको नाम बेचेर गरौँ
कैले कामको बोझ सम्झेर गरौँ
दुःख हामीले पाउने होइन के छ र
बहाना पारी पारी गरौँ
कैले बारीका नाममा गरौँ
कैले सारीका नाममा गरौँ ।

सडकका नाममा गरौँ
घर भत्क्यो भनेर गरौँ पैसा कम भयो भनेर गरौँ
छिमेकीको ईज्जत बढ्यो भनेर गरौँ
पल्लाघरेको छोरो जन्म्यो भनेर गरौँ
धारामा पानी आयो भनेर गरौँ
बाटोमा सवारी गुड्यो भनेर गरौँ
कैले कलेज लाग्यो भनेर गरौँ
कैले पढाइ भयो भनेर गरौँ
कैले पढाइ नभएर गरौँ
कैले काम पायौँ भनेर गरौँ
कैले बेरोजगार भयौँ भनेर गरौँ
हाम्रो कामै त हो
बहाना खोजी खोजी गरौँ
साथी हो आउ नेपाल बन्द गरौँ ।
हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x