साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘तादी किनारमा’ बालविवाह विरुद्धको कथा

Nepal Telecom ad

काठमाडौँ, भदौ । ग्लोबल एक्सपोजिसन एन्ड मेनेजमेन्ट सर्भिसेसले स्थानीय भृकुटीमण्डपमा यही भदौ ४ –१२ गतेसम्म आयोजना गरेको पुस्तक प्रदर्शनी आफ्नो उपन्यास ‘तादी किनारको गीत’ सर्वा्धिक बिक्री हुनेमा परेकामा स्रष्टा महेश पौड्याल दङ्गदास हुनुहुन्छ ।

किशोर वयका लागि लेखिएको भनिएको सो उपन्यासले यसअघि ‘गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार २०७१’ पनि पाइसकेको छ । दुई वर्षअघि स्थापित ‘बुकआर्ट नेपाल’ले प्रकाशन गरेको सो कृति ‘सम्पूर्ण माझी समुदायमा समर्पित’ छ । सिन्धुपाल्चोकको दोलालघाट वरिपरि र नुवाकोटको तादी नदी किनारका माझी समुदायमा केन्द्रित सो किशोर उपन्यास सो समुदायमा प्रचलित बालविवाहको परम्परा र यसले बाल तथा किशोरहरूलाई पार्ने प्रभावबारे घुमेको छ । कृति ‘कुमार’ जस्ता स्थानीय गुन्डाहरूको लुट र शोषण तथा आधुनिक मोटरबोटहरूको आगमनले माझीहरूको जीविकाको स्रोत डुङ्गाको विस्थापनले बसाइँ सर्नुपरेको लुखुम माझीहरूको दुःखको कथा पनि हो ।

कृति पाँच हजार प्रति छापिएकामा दुई हजार प्रदर्शनीमा लगिएको थियो । “हामी पनि छक्कै प¥यौँ युवा र किशोरहरूको हारालुछले” प्रकाशक बुकआर्ट नेपालका प्रकाशन विभागका प्रमुख कार्तिकेय घिमिरेले भन्नुभयो । “लेखकको प्राध्यापन पेसा, युवा, किशोर र बालबालिकासँगसको सम्बन्धले पनि यसमा काम गरेको छ भन्ने हामीलाई लाग्छ” आफैँ बालसाहित्यमा संलग्न घिमिरेले अनुमान छ ।

पौड्यालका यसअघि एक एक कथा र नाटक सङ्ग्रह तथा छ वटा अङ्ग्रेजी भाषामा किशोर उपन्यास प्रकाशन भइसकेका छन् । “करिब पाँच सात चोटि त म उपन्यास लेख्नका लागि सिन्धुपाल्चोक र नुवाकोट पुगेँ” लेखक पौड्यालले भन्नुभयो । हुन पनि त्यस भेगको प्राकृतिक र जनजीवनको परिवेशमा लेखक चुर्लुम्मै डुब्नुभएको छ ।

बालखै कालमा विवाहका लागि मगनी हुने परम्परा, किशोरवस्थामा हुने विवाहपछि आइलाग्ने पारिवारिक झन्झट र महिलाको नाजुक स्वास्थ स्थितिलाई लखुम र दुखिनी पात्रमार्फत देखाइएको छ । सिन्धुपाल्चोकबाट बसाइँ सरी आएको लखुमको छोरो बिकवा र नुवाकोट तादी किनारका तिल्केकी छोरी मालश्री पनि बालखै कालमा भावी विवाहका लागि जोडी बनेको निर्णय तिनका बाबुआमाले गरिसकेका थिए । तिनको बालप्रेमलाई पनि लेखकले रोचक पाराले बुन्नुभएको छ ।
“बालक र किशोरहरूको मनोविज्ञान र प्रेमप्रसङ्गलाई निकै रमाइलो पाराले लेखकले यसमा राखिदिनुभएको छ, त्यसैले हामी युवा लेखकको पुस्तक प्रकाशन गर्न हौसियौँ” घिमिरेले भन्नुभयो । बुकआर्टले विशेषगरी बाल र किशोर साहित्य नै प्रकाशन गर्ने गर्छ ।

आफूले राजधानी नजिकैका जिल्लाको प्रचलनलाई लिएर लैङ्गिक सन्तुलनका साथ बाल, किशोर, युवा र प्रौढ पात्र सबैलाई एउटै कृतिमा राख्न सकेकाले पनि कृतिप्रति पाठकको चासो बढेको अनुमान ३४ वर्षीय लेखक पौड्यालले गर्नुभयो । “यसमा पुरानो र आधुनिक दुवै युगको कथा छ, राजधानी नजिकका जिल्लाका कथा भएकाले यहाँका धेरै मानिसलाई त्यो परिवेश थाहा पनि छ, अचेल पाठक आख्यानतिर आकर्षित हुनु पनि कृतिको सफलता हो” त्रिवि र पोखरा विविसँग सम्बद्ध इलामे कृतिकारले भन्नुभयो ।

सरल भाषामा परम्परागत कथा भन्ने शैलीमा सपाट रुपमा नै कृति लेखिएको छ । प्रवाहमयता कृतिको अर्काे विशेषता हो । ‘तादी किनारको गीत’ भनिए पनि मालश्रीले गाउने गीत सेती नदीसँग सम्बन्धित हुनु, ढुङ्गेमा बस्ने किशोर बिकवा तादीमा बस्ने मालश्रीसँग भेट्नका लागि बाबुआमाले रोकेर रोकिनु, ‘पोका पन्तरा’ शब्दका ठाउँमा ‘पोका पत्यौरा’ जस्ता शब्द लेखिनु र वर्ण्विन्यासमा एकरुपता नदेखिनु कृतिका केही दोष हुन् । गुन्डागर्दी गर्ने ‘कुमार’को नाम पर्नु संयोग मात्र भए पनि धरहरा हेर्ने उत्कट इच्छा राखेकी दुखिनीले धरहरा ढलेपछि त्यसलाई देख्न नपाएको वर्तमान घटनासँग मेल खाएको कुरा कृतिमा आउनाले यसलाई मार्मिक त बनाएको छ नै समयलाई पनि मजासँग समातेको छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x