साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झम्पाट काम

Nepal Telecom ad

घनघोर जङ्गलको बिचबाट बग्ने नेपेखोलाको बगर इतिहासमा कहिले शान्त भएन रे ! पाटेबाघको एकलौटी जहानियाँ शासनताक केही समय अलि शान्ति थियो रे, तर मुर्दा शान्ति ।

एकपटक जङ्गलमा ठूलो हुट्हुटी चलेछ र सबै मिलेर पाटेबाघको शासन अन्त्य गरिछाडेछन् । त्यसपछि फ्याउरा, स्याल, ब्वाँसो, हुँडार जस्ता जनावरहरूले घुमाई घुमाई शासन गर्न थालेछन् र आफ्नै लागि सिकार र सिनो कसरी मिल्छ भन्ने ध्याउन्नमा मात्र लाग्न थालेछन् । खरायो, मृग, हरिण, घोरल जस्ता जनावरले भने दुख पाउँदै गएछन् र ब्यर्थै हुट्हुटीमा लागेर पाटेबाघको शासन अन्त्य गरिएछ भन्ठानेर पछुतो मान्न थालेका रहेछन् ।

घुमाई फिराई शासन गर्ने क्रममा एक पटक बृद्ध मुखिया फ्याउराको पालो आएछ । अर्को पटक श्यालको, त्यसपछि ब्वाँसोले शासन गर्ने गोप्य सहमति भएको रहेछ । जब फ्याउरोको शासनावधि सकियो, स्याल जुर्मुराएर शासन गर्न तैयार भएछ । तर फ्याउरालाई भने सत्ता छाड्न मन भएनछ र एउटा जुक्ति निकालेछ ।

“ये स्यालभाइ, हाम्रो सहमति अनुसार त तिम्रै पालो हो !!!, तर समयको ख्याल गरेर मात्र सत्ता हस्तान्तरण गर्ने कुरो भएको हो नि त्यसबेला, हैन ?”

“हो नि ! लु गर न त अब, समय त आयो नि !”
“समय त आयो तर ठिक आएन भाइ ! भालुखोला पट्टिका जन्तुहरूले हाम्रो नेपेखोलाका जन्तु जनावरलाई दिनसम्म सास्ती दिन थालेका छन् । तिनिहरूलाई तह लाउन अनुभवी शासक चाहिन्छ ।”

“ठिकै छ त, म अनुभवी छँदै छु नि !”
“हैन हैन, तिम्रो अनुभव भनेको हुइँयाँ फैलाउने हो। तर अहिले म जस्तो छुपेरुस्तमको जरुरी छ ।”

“हैन के हो, अलिकति नैतिकता भन्ने छैन तिमीमा ? ऐले आएर कुरो बटार्न पाउँछौ ..!”
फ्याउरो र स्यालको घम्साघम्सी पर्यो । यसै बेलामा हुँडार र ब्वाँसो अँगालो मार्दै आए । ब्वाँसोले भन्यो “हाम्रा मामाहरू हामीलाई मद्दत गर्न भालुखोलाबाट आउँदै हुनुहुन्छ । शासन चलाउने झम्पाट काम अब उहाँहरूबाटै हुनेछ ।”

एकैछिनमा भालुखोलाका भालु, चितुवा, बनेल आदि जनावरहरूको नेपेखोलो आइपुगे जुँगा ताउ लाउँदै ।
“भाइ समय आइपुगेछ । अब सरकार तिमी चलाउ !” टाँगमुनि पुच्छर लुकाएर स्याँस्याँ गर्दै कुद्दै गर्दा फ्याउराले स्याललाई भनेछ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x