उपकार
बिर्सियो जनको देन लोभी धूर्त चुनावै भयो
लत्यायो कर्मयोग नि डरायो घँुडा टेकियो
होस छाड्यो त्याग छैन न भुइँ न भाँडा भयो
अन्त्यमा गल्र्यामगुर्लुम सेखी साख दुवै गयो ।
होक्काँ गर्ने साँढे–साँढे मान्छे जाबो भोका–भोकै
हिजो जस्तो आज त्यस्तै साँढे–साँढे ठोका–ठोकै
पेट भर्ने दाउ–पेचमा डाडु–डाडु खोसा–खोस
पनियो कता छ कुन्नि घर आगो झोसा–झोस ।
हिजो थिए वाचा बन्धन आज ती भर्सेला परे
मारे फाले जनका छोरा श्राद्धचाहिँ बाउको गरे
निहु राम्रो समभाव अनि उच्च विचार थ्यो
दिए हाँक शासन बदले उनैको उपकार भो ।
बुहरूपी जाल्–साजी छन् सबै नेता यता–उता
जन्ता जाबो जाकियो भर्मा काम कुरो कता–कता
नीति–नियम योजना छैनन् उस्तै छ बिजोग हे
ढाँट–छल गरे नेता सोझा जनता फेला परे ।
सामन्ती जाल त्यो फाल्ने आशा र भरोसा दिने
कति हो ? लोभीपापी नि पैसामा उही जाकिने
हिजोको झोपडी वास कति छिटै महले भयो
सङ्घर्षमा बस्यो वास साथीभाइ घर बिर्सियो ।
आज उसको बस–उठ सामन्ततिर ढल्कियो
सुझाव काँढा झैं बिझे पारितोषतिर पल्कियो
हिजोसम्म दाल–भात, आज कुन्नि के–के खाने भो
देश सिङ्गै खाने हो कि ? डर लायो लाज मर्दोभो ।
मान्छे जङ्गल–माझ स्याल–स्याल जुधा–जुध
गाउँ घरमा व्याप्त अभाव र क्षुधा–क्षुध
स्यालले भाग–बिलोमा अति गरे लुछा–लुछ
हेर्नु छ बत्ती बालेर स्यालसँग मान्छे को छ ?
हाल: काठमाडौं