साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपकार

Nepal Telecom ad

बिर्सियो जनको देन लोभी धूर्त चुनावै भयो
लत्यायो कर्मयोग नि डरायो घँुडा टेकियो
होस छाड्यो त्याग छैन न भुइँ न भाँडा भयो
अन्त्यमा गल्र्यामगुर्लुम सेखी साख दुवै गयो ।

होक्काँ गर्ने साँढे–साँढे मान्छे जाबो भोका–भोकै
हिजो जस्तो आज त्यस्तै साँढे–साँढे ठोका–ठोकै
पेट भर्ने दाउ–पेचमा डाडु–डाडु खोसा–खोस
पनियो कता छ कुन्नि घर आगो झोसा–झोस ।

हिजो थिए वाचा बन्धन आज ती भर्सेला परे
मारे फाले जनका छोरा श्राद्धचाहिँ बाउको गरे
निहु राम्रो समभाव अनि उच्च विचार थ्यो
दिए हाँक शासन बदले उनैको उपकार भो ।

बुहरूपी जाल्–साजी छन् सबै नेता यता–उता
जन्ता जाबो जाकियो भर्मा काम कुरो कता–कता
नीति–नियम योजना छैनन् उस्तै छ बिजोग हे
ढाँट–छल गरे नेता सोझा जनता फेला परे ।

सामन्ती जाल त्यो फाल्ने आशा र भरोसा दिने
कति हो ? लोभीपापी नि पैसामा उही जाकिने
हिजोको झोपडी वास कति छिटै महले भयो
सङ्घर्षमा बस्यो वास साथीभाइ घर बिर्सियो ।

आज उसको बस–उठ सामन्ततिर ढल्कियो
सुझाव काँढा झैं बिझे पारितोषतिर पल्कियो
हिजोसम्म दाल–भात, आज कुन्नि के–के खाने भो
देश सिङ्गै खाने हो कि ? डर लायो लाज मर्दोभो ।

मान्छे जङ्गल–माझ स्याल–स्याल जुधा–जुध
गाउँ घरमा व्याप्त अभाव र क्षुधा–क्षुध
स्यालले भाग–बिलोमा अति गरे लुछा–लुछ
हेर्नु छ बत्ती बालेर स्यालसँग मान्छे को छ ?
हाल: काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x