साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त घोरीराछु

Nepal Telecom ad

आज होला भन्यो
भोली होला भन्यो
सहरमा आको सात दिन भयो
एउटौ कामलाई हप्तौँ कुरीराछु
कहिले कसको कोठामा
कहिले कसको चोटामा घुरिराछु ।
असिना पर्ला बुढी
मासुरो काट्नू
भुसना पर्ला गहुँमा
सुकाएर छाँट्नु
कहिले हाकिमै नआउने
आए भने पनि
अफिसमा नपाउने
अफिसमा भए पनि
कुरो टेर्दै नटेर्ने
नमस्कार गर्योे भने पनि
हेर्दै नहेर्ने
कुन बेला बोलाउँछ हाकिम
म कुरिराछु
राती भान्जाको कोठामा
आहिले बेन्चमा घुरिराछु ।
मैले भनेँ
हाकिमा साहेब
कहिले हुन्छ मेरो काम
हाकिमले भने
आज हुँदैन जानै लाग्यो घाम ।
बल्ल बल्ल एउटाले सही ठोके
त्यसपछि अर्को हाकिमलाई
भेट्न जाँदा पियनले रोके
पियनले भने
भर्खर नयाँ हाकिम आकाछन्
हाकिम पनि हाकिमलाई
चाकरी गर्न गाका छन्
पिलेटमा भित्र लेखे पनि
छैनन हाकिम त्यहाँ
कुरो बुझी नसक्ने
रहेछ बुढी यहाँ ।
ढिला अफिस आकाछन्
एक छिन टेबलमा बसेर
फेरि खाजा खान गकाछन्
खाजा खाएपछि पनि
एक छिन मात्र आको जस्तो
तलब भत्ता त खान्छन होला
हैन गाँठे के भाको यस्तो ?
एक दिन पियनले भने
मैले तपाईंलाई त धेरै दिनदेखि देख्दैछु
के काम रहेछ भनी सोच्दैछु
यहाँ त काम गराउन
मन्त्र जान्नु पर्छ
यसो दक्षिना दिएर हाकिमलाई
अक्षेताले हान्नु पर्छ
अनि हेर्नुस् न
तपाईंको फाइल कसरी सर्छ
म त पुरानो धामी हुँ नि
सब थाह छ कति कुर्नु कति घुर्नु
धामीले भने जति दक्षिणा चढाएपछि
काम त एक छिनमै भयो
छोरो पनि टिकट काटेर
रात्री बसमा गयो ।
हरेक हाकिमलाई कसरी देउता चढ्छ ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x