साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टुक्रा टाक्रीमा देखिएको देशको हालत

Nepal Telecom ad

पशुपतिमा नाकाबन्दी ?!

देश दुखेको बेला पशुपतिलाई लुक्दैन, राष्ट्रियता देश भित्र झुकेको बेला सिमानामा किन झुक्दैन, अनि नाङ्गा साम्राज्यका असली रुप थिचोमिचो गर्दा लुक्दै लुक्दैन के भारत बिना नेपालको कुकुर पनि भुक्तै भुक्तैन ? उसले हाम्रो सिमानामा नाकाबन्दी लगायो भने पशुपतिमा पनि भित्रैबाट भारतीय भट्ट ब्राम्हणले नाकाबन्दी त गर्दैनन् ? तर उसले थिचोमिचो गर्छ भने भारतीयलाई पशुपतिमा नाकाबन्दी नगर्ने हो भने एकदिन नेपालीले देशको मुटुमै भएको पशुपतिमा पनि भारतीय नाकाबन्दी खेप्नु पर्ने बेला अवश्यै हुन्छ ।

सिकाएको कुरा गर्ने न हो

ठूल्दाइले सानालाई यो गर, यो नगर भन्दै सिकाउँदा, बिचरा के के देखाएछन् के के । नेपालका आन्दोलनकारीलाई हाम्रो छिमेकी देशले लगेर आश्रय स्थल दियो त ठिकै छ अब हामी नेपालीले पनि के पाकिस्तानी र भारतीय नक्सलवादीलाई आश्रय स्थल दिन सकिने कुरा छिमेकीले सिकायो किनकि हाम्रा छिमेकीको देशको लोकतान्त्रिक संस्कार र संसारकै ठूलो लोकतान्त्रिक छिमेकी मुलुकसँगको लोकतन्त्रसँग हामीले पनि सिक्नु जरुरी भएको बुझ्न सकिन्छ ।

भारतीय सिरियल र फिल्म

दैनिक रुपमा भारतीय सिरियल हेर्ने बानी परेका हामी नेपालीले भारतको नाकाबन्दी पचाउनु पर्ने अवस्थामा गुज्रिएकै हौं त ? ढाका टोपी लगाउने बाले र गुन्यू चोली लगाउने आमाले नुन तेल रोकिँदा किन भारतीय सिरियल हेरेर दिन कटाई रहेका छौं त ? अझ देशमा भारतीय फिल्म हेरेर हामी बडेमानको नाक फुलाएर सलमानको फिल्म हेर्नुमा किन गर्ब गरिरहेछौं ? अझ प्रशान्त तामाङ र तेरिया मगरलाई भोट हालेर नेपालीले जिताए झैं कुन दिन देश बिलिन भएर जब तक समोसामे आलु तब तक बिहारमा लालु भने झैं लालुप्रसाद यादवलाई भोट हाल्नु पर्ने हो कि ?

पारबहन सन्धि

पारबहन सन्धिलाई लगौंटी लगाई दिएर छिमेकी मुलुकले हाम्रा गाडी त उता चल्न दिँदैन तर हाम्रो देशमा हमारे भारत महान् हे भन्ने गाडीहरू हाम्री नेपाल आमाको छातीमा कुल्चिएर दौडदा तपाई के गर्व गर्नुहुन्छ कमसेकम यो नाकाबन्दी भै रहँदा ती गाडीले त हाम्रो भूमि कुल्चन पाएका छैनन् ।

भारतीय नोट कि चोट

महात्मा गान्धीको चित्र भएको भारतीय नोट हाम्रा गाउँ ठाउँमा चल्दा पनि हामी नतमस्तक भएर बसेका छौं । कमसेकम हामी नेपालीले नेपालमा नेपाली नोट बाहेक अरु नोट चल्दैन भनेर गर्व गर्न सक्ने अवस्था आएको खै ? तर भारतको यो नाकाबन्दीले अलिकति पाठ सिकाएको छ कि छिमेकीको राम्रो कुराको पनि विरोध गर्नु पर्छ तसर्थ भारतीय नोट खल्तिमा नराख्ने र तपाईंले पसलमा कारोबार गर्दा भारतीय नोटको कारोबार नगर्ने कि ? के नेपाली नोट मात्र प्रयोग गरेर आफ्नो राष्ट्रियता थोरै भए पनि बचाउन सकिन्न र तर राष्ट्रियतालाई चोट पु¥याउँदै हामी भारतीय नोट गर्बका साथ बोकेर हिँडिरहेका छौं अनि भनि रहेका छौं हामी स्वाभिमानी नेपाली भनेर ।

सबैभन्दा भाग्यमानी म

भारतलाई गाली गर्ने मध्येको सबैभन्दा एक नम्बरको भाग्यमानी मै हुँ कि भन्ने गज्जबको तर्क छ मसँग । कारण म जब बिहान बिकार फाल्न चर्पीमा जान्छु त्यति बेला म मेरो चर्पी बस्ने प्यानमा हिन्दुस्तान लेखिएको देखेर मजाले पुलकित हुन्छु र हिस्दुस्तान माथि बिस्ट्याउँछु अनि जब दिउँसो अफिस जान्छु ट्वाइलेटको प्यानमा लेखिएको मोदीले भारतको यौटा कुपात्रको सम्झना दिलाउँछ अनि मज्जाले तुक्र्याउँछु र यो मेरो दैनन्दिनी बनि सकेको छ तसर्थ रिस फेर्ने मौका यी ट्वाइलेटका प्यानले दिएकोमा मैले आफूलाई भाग्यमानी ठानेको छु ।

हजाम

हजामले पचाएर देश लजाउन लागेको बेला स्वाभिमानी नेपालीको शिर यिनै भारतीयले झुकाई रहेका छन् । के देशमा नाकाबन्दी लाग्दा यी हजामले के कुरा हजम गरेर बसेका होलान् ? के तपाई यिनै भारतीय हजामकोमा कपाल काट्न जानुहुन्छ कि नाई ? एक पटक तपाईकै स्वाभिमानलाई सोध्न सक्नुहुन्छ ।

सारांशमा

देश तपाईको पनि हो । देश एक ठाउँ दुख्दा अर्को ठाउँ पनि दुख्नु पर्छ । रोटी बेटीको सम्बन्ध छ भन्दैमा धोती उचालेर देखाउन पाइँदैन । भारतीय सिरियल, फिल्म हेर्न बन्द गरौं, भारतीय पैसा बोकेर नेपाली हुनुको गर्व नगरौं, भारतीय भट्टबाट पशुपति चलाउने कुराको संस्कार फेरौं, भारतीय नीतिबाट देशको थिती बसाल्ने कुरा बिर्सौं अनि एकापसमा हातेमाले गरेर स्वाभिमानी नेपालीको परिचय दिऔं र परनिर्भरता हटाऔं । जदौ ।

बेशीसहर न.पा. ७, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x