साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दी भएकै छैन

Nepal Telecom ad

हुन त
नुन, सुन र मनसुनमा पनि
हामी छिमेकीकै भर पर्छौं
सुनिन्छ, नाकाबन्दी छ रे (अघोषित रूपमा)
सरकारबाट त सुनिनँ
तर सञ्चार माध्यमहरू त्यसै भन्छन्
नपुङ्सक पनि कसरी भनूँ
डेढ महिनामै छ जना उपप्रधान मन्त्री जन्माउन सक्छ ।
त्यस्तो देशमा नाकाबन्दी कसरी हुन सक्छ ?
कता कता सुनिन्छ
एक जनाले नाम नलिएरै नेपालको सङ्कटको कुरो
कचहरीमा उठायो रे
तर मुखियाले ‘उल्टा चोर कोतवालको डाँठे’
भनेझैं उल्टै थर्कायो रे
गाडीहरू चलेकै छन्
फलफूल घुमाएर भैयाहरू घुमेकै छन्
छिमेकीका बारीको तरकारी भान्सामा पुगेकै छ
पम्पमा नपाइए पनि तिन सय तिरे पेट्रोल पाइएकै छ
आम जनताले सहज नपाए पनि दश हजार तिरे
नयाँ ग्यास सिलिण्डर पाएकै छन्
मन्त्रीहरू गाडीको ताँती लगाएर घुइँकिएकै छन्
तर
सञ्चार माध्यमहरू किन नाकाबन्दी छ भन्छन् ?
दसैं दशा बनेर गएको छ
तिहार आउने बेला भएको छ
बजारतिर निस्के सबैले देख्नु हुनेछ
रङ, र कागजी फूल, पटाखा, आतेसबाजी
(जो भारतबाट आएका हुन् र बेच्ने पनि भारतीय नै हुन्)
सडक किनारतिर फैलाएर पसल थापिरहेछन्
बारीमा मखमली, सयपत्री, गोदावरी ढकमक्क छन्
तर
कृत्रिम कागजी फुल किन्न
नेपालीहरू लाइनमा छन्
(सायद ग्यास, तेल, विदेश जान, फाराम भर्न, सिम लिन
लाइन लाग्न अभ्यस्त भैसकेका छन्)
बारीका फूल कुहिन्छन् र झर्छन्
तर नेपालीले
भारतीय फुलकै प्रयोग गर्छन्
किनकि पैसा भारत पठाउन हाम्रो बानी भैसकेको छ ।
घरी उत्तरी हावा बहेको छ
घरी दक्षिणी हावा बहेको छ
कसले भन्छ नाकाबन्दी भएको छ ?
पेटमा पटुकी कसेर
चाउचाउ र चिउरा खाई बसेर
नेपालीले यथर्थमा राष्ट्रियता जोगाएकै छन्
तर
नेताले भन्ने स्वाभिमान र राष्ट्रियता
मलाई त लाग्छ
सयौंले पान, गुटखा खाई
पिच्चपिच्च थुकेर बिरङ्गी र कुरूप भएको कुनै भित्ताजस्तो
तिथिको सराद्धेमा पुछेर प्रयोग हुने
अरू बेला भित्तामा ध्वाँसोमय हुने पितृको फोटोजस्तो
तपाईको केही भन्नु छ ?
तर म त भन्छु
नेपालमा नाकाबन्दी भएकै छैन ।

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x