सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नाकाबन्दी भएकै छैन

Nepal Telecom ad

हुन त
नुन, सुन र मनसुनमा पनि
हामी छिमेकीकै भर पर्छौं
सुनिन्छ, नाकाबन्दी छ रे (अघोषित रूपमा)
सरकारबाट त सुनिनँ
तर सञ्चार माध्यमहरू त्यसै भन्छन्
नपुङ्सक पनि कसरी भनूँ
डेढ महिनामै छ जना उपप्रधान मन्त्री जन्माउन सक्छ ।
त्यस्तो देशमा नाकाबन्दी कसरी हुन सक्छ ?
कता कता सुनिन्छ
एक जनाले नाम नलिएरै नेपालको सङ्कटको कुरो
कचहरीमा उठायो रे
तर मुखियाले ‘उल्टा चोर कोतवालको डाँठे’
भनेझैं उल्टै थर्कायो रे
गाडीहरू चलेकै छन्
फलफूल घुमाएर भैयाहरू घुमेकै छन्
छिमेकीका बारीको तरकारी भान्सामा पुगेकै छ
पम्पमा नपाइए पनि तिन सय तिरे पेट्रोल पाइएकै छ
आम जनताले सहज नपाए पनि दश हजार तिरे
नयाँ ग्यास सिलिण्डर पाएकै छन्
मन्त्रीहरू गाडीको ताँती लगाएर घुइँकिएकै छन्
तर
सञ्चार माध्यमहरू किन नाकाबन्दी छ भन्छन् ?
दसैं दशा बनेर गएको छ
तिहार आउने बेला भएको छ
बजारतिर निस्के सबैले देख्नु हुनेछ
रङ, र कागजी फूल, पटाखा, आतेसबाजी
(जो भारतबाट आएका हुन् र बेच्ने पनि भारतीय नै हुन्)
सडक किनारतिर फैलाएर पसल थापिरहेछन्
बारीमा मखमली, सयपत्री, गोदावरी ढकमक्क छन्
तर
कृत्रिम कागजी फुल किन्न
नेपालीहरू लाइनमा छन्
(सायद ग्यास, तेल, विदेश जान, फाराम भर्न, सिम लिन
लाइन लाग्न अभ्यस्त भैसकेका छन्)
बारीका फूल कुहिन्छन् र झर्छन्
तर नेपालीले
भारतीय फुलकै प्रयोग गर्छन्
किनकि पैसा भारत पठाउन हाम्रो बानी भैसकेको छ ।
घरी उत्तरी हावा बहेको छ
घरी दक्षिणी हावा बहेको छ
कसले भन्छ नाकाबन्दी भएको छ ?
पेटमा पटुकी कसेर
चाउचाउ र चिउरा खाई बसेर
नेपालीले यथर्थमा राष्ट्रियता जोगाएकै छन्
तर
नेताले भन्ने स्वाभिमान र राष्ट्रियता
मलाई त लाग्छ
सयौंले पान, गुटखा खाई
पिच्चपिच्च थुकेर बिरङ्गी र कुरूप भएको कुनै भित्ताजस्तो
तिथिको सराद्धेमा पुछेर प्रयोग हुने
अरू बेला भित्तामा ध्वाँसोमय हुने पितृको फोटोजस्तो
तपाईको केही भन्नु छ ?
तर म त भन्छु
नेपालमा नाकाबन्दी भएकै छैन ।

सुर्खेत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
कौडी जिन्दगी

कौडी जिन्दगी

पुन्य कार्की
चञ्चल मन

चञ्चल मन

विष्णुहरि पाैडेल
गुमनाम

गुमनाम

सुशील रिजाल
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’