साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाटो सिँगार्छन् अझै

माथा पागल छन् अमङ्गल सधैँ छन् शून्य सङ्कल्पले बाधा बन्धन छन् हियार सबका अस्तित्व उद्देश्यले छन् स्पष्टोक्ति विनाशका जहर झैँ उल्लास नै लास छन् आस्थामा धमिरा किरा सलह छन् स्वार्थीहरू खास छन् ।

Nepal Telecom ad

बिन्दु दहाल ‘मुकदर्शक’ :

आफ्नै झुन्ड समूह छन् गजबका छन् चाप्लुसीका खल
चम्चा चम्चम छन् दलाल पनि छन् छन् भक्तका सर्कल
आआफ्ना दलका अनेक सुर छन् नाच्छन् इसारा भए
बाजा मा-दलमा विभिन्न पन छन् आदर्श काशी गए ।

आस्था नैतिकता कता गुम भए देखिन्न सर्वोच्चता
नाफा हुन्छ जता उतै रहरले लाग्छन् सुधी सर्वथा
के हो मूल्य अमूल्य वस्तु गुणको औचित्य साहित्यको
के हो भाव अभाव रूप चिजको सच्चाइ लालित्यको ।

देख्दैनन् सुनमा तथा लसुनमा पार्थक्य या भिन्नता
कुद्छन् वीरहरू समेत सजिलै देखिन्छ नाफा जता
श्रेणीहीन विहीन छन् शिखर नै माधुर्यले वञ्चित
स्वीकारोक्ति परोक्तिका गजुर छन् आश्चर्यले रञ्जित ।

माथा पागल छन् अमङ्गल सधैँ छन् शून्य सङ्कल्पले
बाधा बन्धन छन् हियार सबका अस्तित्व उद्देश्यले
छन् स्पष्टोक्ति विनाशका जहर झैँ उल्लास नै लास छन्
आस्थामा धमिरा किरा सलह छन् स्वार्थीहरू खास छन् ।

जाबी जाल अनेक छन् कति यहाँ पासा कयौँ फ्याँक्दछन्
निर्दोषी अझ दोष खेप्दछ सधैँ घाँटी त्यसै ङ्याक्दछन्
ढड्डाभित्र पसी मसी कलमको पोखी बिगार्छन् सबै
भाले बास्न सकेन रात छ सधैँ लाटो सिँगार्छ्न् अझै ।

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हामी

हामी

बिन्दु दहाल ‘मूकदर्शक’
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x