सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के विश्वविद्यालय ?

विद्यार्थी दलभक्त मात्र जसका छन् भित्र आफ्ना गुट के प्राध्यापक काम गर्न दलको पाइन्छ जिम्मा छुट। हाबी छन् दल या त सङ्गठनका चल्छन् जहाँ निर्णय ’विद्वान्’ को विधि मार्गचित्र नचले के विश्वविद्यालय ?

Nepal Telecom ad

वासुदेव पाण्डेय :

नब्बे बेथितिग्रस्त एक सयमा छन् ठिक्क बाँकी दश
हुन्छन् उद्यत जो बिगार्न पहिले खोज्ने तिनैले जस ।
छन् मानूँ तरु-काण्ड भित्र धमिरा विध्वंसमा तल्लय
आफैँ रुग्ण अशक्ततुल्य थलिए के विश्वविद्यालय ?

प्रज्ञाचेत न सोधखोज गहिरो सिद्धान्त आकर्षण
विद्यार्थी जति देशबाहिर गए छन् शेष नेता गण।
पार्टीभक्त र छट्टु मात्र पदमा पुग्छन् सधैँ निर्भय
भर्ती-केन्द्र भए विभिन्न दलका के विश्वविद्यालय ?

आफ्ना माग र भागनिम्ति महिनौँ ताला लगाएपछि
नेताले पनि भातृ-सङ्गठन हुन् भन्दै सघाएपछि।
’विद्या-आलय’ अर्थ खुम्चिन गई आफ्नो गुमाए लय
शिक्षा, ज्ञान-प्रकाश छर्न नसके के विश्वविद्यालय ?

विद्यार्थी दलभक्त मात्र जसका छन् भित्र आफ्ना गुट
के प्राध्यापक काम गर्न दलको पाइन्छ जिम्मा छुट।
हाबी छन् दल या त सङ्गठनका चल्छन् जहाँ निर्णय
’विद्वान्’ को विधि मार्गचित्र नचले के विश्वविद्यालय ?

छन् क्यालेन्डर,लागु गर्न नसकी पर्छन् स्वयम् नै थला
चुक्छन् जाँच लिई निकाल्न नतिजा बढ्दो छ यो शृङ्खला।
जो हुन्छन् असमर्थ गर्न जनको गन्तव्य-यात्रा तय
गर्ने शासन योग्य-माथि शठले के विश्वविद्यालय ?

०००
सुर्खेत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
पद, मद र कद

पद, मद र कद

वासुदेव पाण्डेय
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी