साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के विश्वविद्यालय ?

विद्यार्थी दलभक्त मात्र जसका छन् भित्र आफ्ना गुट के प्राध्यापक काम गर्न दलको पाइन्छ जिम्मा छुट। हाबी छन् दल या त सङ्गठनका चल्छन् जहाँ निर्णय ’विद्वान्’ को विधि मार्गचित्र नचले के विश्वविद्यालय ?

Nepal Telecom ad

वासुदेव पाण्डेय :

नब्बे बेथितिग्रस्त एक सयमा छन् ठिक्क बाँकी दश
हुन्छन् उद्यत जो बिगार्न पहिले खोज्ने तिनैले जस ।
छन् मानूँ तरु-काण्ड भित्र धमिरा विध्वंसमा तल्लय
आफैँ रुग्ण अशक्ततुल्य थलिए के विश्वविद्यालय ?

प्रज्ञाचेत न सोधखोज गहिरो सिद्धान्त आकर्षण
विद्यार्थी जति देशबाहिर गए छन् शेष नेता गण।
पार्टीभक्त र छट्टु मात्र पदमा पुग्छन् सधैँ निर्भय
भर्ती-केन्द्र भए विभिन्न दलका के विश्वविद्यालय ?

आफ्ना माग र भागनिम्ति महिनौँ ताला लगाएपछि
नेताले पनि भातृ-सङ्गठन हुन् भन्दै सघाएपछि।
’विद्या-आलय’ अर्थ खुम्चिन गई आफ्नो गुमाए लय
शिक्षा, ज्ञान-प्रकाश छर्न नसके के विश्वविद्यालय ?

विद्यार्थी दलभक्त मात्र जसका छन् भित्र आफ्ना गुट
के प्राध्यापक काम गर्न दलको पाइन्छ जिम्मा छुट।
हाबी छन् दल या त सङ्गठनका चल्छन् जहाँ निर्णय
’विद्वान्’ को विधि मार्गचित्र नचले के विश्वविद्यालय ?

छन् क्यालेन्डर,लागु गर्न नसकी पर्छन् स्वयम् नै थला
चुक्छन् जाँच लिई निकाल्न नतिजा बढ्दो छ यो शृङ्खला।
जो हुन्छन् असमर्थ गर्न जनको गन्तव्य-यात्रा तय
गर्ने शासन योग्य-माथि शठले के विश्वविद्यालय ?

०००
सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x