साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ यस्तै छ

Nepal Telecom ad

समयको परिवर्तनता सँगसँगै,
मानव जीवन पनि परिवर्तन हुँदोरहेछ
हिजोलाई धेरैले बिर्संदा रहेछन्,
वास्तविकता त दन्त्यकथा पो बन्दोरहेछ
बलेको आगो ताप्ने त रीत नै हो यहाँ,
निभ्नेको अस्तित्व नै कहाँ जोगिएको हुन्छ ?
धर्ती त गजक्क परेझैं लाग्छिन्,
इतिहासले पनि पल्टा खाइसकेको हुन्छ
हिजोको अति प्रभावशाली मान्छे पनि,
आज तन्नम भिखारी भैसकेको हुन सक्छ
आफ्नाहरूले पनि गिज्याउन थालेपछि,
यो विशाल संसारमा बेसहारा भएको हुन्छ
स्वारर्थै–स्वार्थले जकडिएर त होला ?
कयौं मान्छेहरू बैगुनी भएका छन् !
गुण र योगदानलाई चटक्कै बिर्सिसके,
असल र खराब पनि चिन्न छाडेका छन्
अभिन्न मित्रता देखावटी भैसक्यो कि क्या हो ?
आत्मीयता पनि चीजसङ्ग दाँज्न थालेछन्
बन्धुत्व त बाध्यता जस्तै भएछ क्यारे ?
मौका पर्दा कहिल्यै पनि आफ्नो ठान्दैनन्
सच्चाईले सधैं कुटिनु पर्दो रहेछ यहाँ,
इमान्दारिता र नैतिकता धुरु–धुरु रोएका छन्
रगत र पसिना त निशुल्क बिक्री हुँदोरहेछ,
अन्यायका बिरुवाहरु झन्(झन् मौलाएका छन्
नाताहरू देखासिकी मात्रै हुन् कि क्या हो ?
“मुखमा राम राम, बगलीमा छुरा” भएका छन्
यस्तै नै रहेछ क्यारे यहाँको चालामाला,
अरुलाई एकल्याउँदा आफू पनि एक्लिएका छन् ।

नैकाप, काठमाडौं, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x