साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छिमेकी–नियत

Nepal Telecom ad

हजुर आमाले नजन्माएको सन्तान
मेरो घरमा छोरो जन्म्यो
बाजागाजा बज्दैछन्
नाचगान चल्दैछ
वातावरण रंगीन रंगीन छ
तर छिमेकीलाई निकै चिन्ता बढेको छ,
मेरी हजुर आमा पहिलो पटक
गर्भवती भएर पनि सुत्केरी भईनन्
छिमेकीले जाँतो बोकाई दिएछ
हजुर आमा सुत्केरी हुँदा,
दोस्रोपटक
आमाले प्रयास गर्दा
छिमेकीले आमालाई
बेस्सरी मह खान दिएछन्,
आमाले सन्तान त दिइन्
तर
म सपाङ्ग हुन सकिन,
म जन्मदा राम्रै जन्मिएको थिएँ
धेरै राम्रो भएर पनि होला !
कसैले मेरा हात तान्न लागे
कसैले मेरो गाला चिमोट्न लागे
जिस्किंदा जिस्किंदै
कसैले गाला पड्काउन लागे
कसैले गर्दन त
कसैले अण्डकोशमा हान्न लागे,
सग्लो र अग्लो मान्छे म
हेर्दा हेर्दै
अपाङ्ग र होचो भएँ,
धेरै समयपछि
श्रीमती गर्भवती भईन्
पहिलो गर्भ तुहाईयो,
दोस्रो पटक गर्भाधान हुनै लाग्दा
चिकित्सकहरूको सल्लाह मिलेन
र तीन मध्येका दुई चिकित्सकको बलमा
बल्लबल्ल गर्भाधान गराइयो
म गर्वित भएँ,
झण्डैझण्डै सात दशकमा
मेरो घरमा सग्लो छोरो जन्म्यो,
मेरो एक छिमेकी दुखी छ
मेरो छोरोको अनुहार
कसैगरी ऊसँग मिल्दैन भनेर
छिमेकी चिन्तित छ

छिमेकीले आफ्नो मुहार
मेरो मुहारसँग मिलाउने प्रयास गर्दैछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
कुकुरको पुच्छर

कुकुरको पुच्छर

आनन्द श्रेष्ठ
चाहिन्न

चाहिन्न

आनन्द श्रेष्ठ
पछार्नेहरू छन्

पछार्नेहरू छन्

आनन्द श्रेष्ठ
महाराज पो फरक ताज उही छ

महाराज पो फरक ताज...

आनन्द श्रेष्ठ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x