साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सफल परीक्षण

Nepal Telecom ad

दुइटी महिलाहरू आ–आफ्ना दूधे नानीहरूलाई प्राकृतिक र सर्वोत्तम दूध चुसाउँदै बात मार्दै थिए । तिनका नानीहरू भने काखे र दूधे भए पनि बेला–बेलामा आमा समूहको कुरा सुन्नालाई दूध चुस्न छोडेर खेले जस्तो गर्थे । यसैलाई शिक्षकहरूले कक्षामा बालसुलभ चञ्चलता भनी उदाहरण दिन्छन् ।

एउटी आमाले आफ्नो दुःख पोखिन् के गर्नु कहिलेकाहिँ त मेरो नानीलाई के हुन्छ के हुन्छ । रातभरि सुत्दैन । रोएको छ, धुरुक्कै पार्छ । तिम्रोले नि दुःख दिन्छ कि दिँदैन ?

अर्कीले आफ्नो नानीलाई लाम्टा र झाम्टा दुवै सँगसँगै दिएर भनिन्, मेरो छोरोले त त्यसरी दुःख दिन जानेकै छैन । कहिलेकाहीँ त त्यस्तै हो । राति रुन थाल्यो भने लुटुक्क सुताउने नयाँ जुक्ति मैले गर्ने गरेकी छु । अनि खुरुक्क सुत्छ ।

‘लौ न मलाई त्यो सजिलो जुक्ति बताइ दिनुप¥यो । म त दिक्क भैसकें । रातभरि रोएर सुत्नै दिँदैन । बाबु चैं झन् दिक्क हुन्छन् । एकातिर छोरोले रोएर हैरान पार्छ अर्कोतिर सुत्न पाइँदैन भनेर बाबु भनौँदोको कचकच भिन्दै !’

क्यै गर्नु पर्दैन । सजिलो छ । म त छोरो रुन थाल्यो भने ‘माओवादीहरूले रोएको सुने भने मार्छन् ! सुत् बा ! सुत् !’ भन्छु । छोरो पनि त्यति सुन्नासाथ निदाउँछ । यो जुक्तिलाई रामवाण भन्ठाने हुन्छ, बैनी ! फरकै पर्दैन !

अर्की महिलाले पनि भारतले सफल अणुवम परीक्षण गरे झैँ उक्त सजिलो जुक्तिको सफल परीक्षण गरिछन् । महिलाको पतिले हलका विरोध जनाए, नानीलाई सानैदेखि यसरी डराउने बानी लाउनु हुन्न । उसको पनि बिहे भएपछि म जस्तै काँथर होला नि ! महिलाले जवाफ दिइन्, मैले आत्मरक्षाको लागि यो प्रयोग गरेकी हुँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x