सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नाकाबन्दीका केही ठोकान– ३

Nepal Telecom ad

१.सोझालाई

सोझालाई जसरी ठगे पनि हुन्छ
दिन्छु भनी केही नदिए पनि हुन्छ
सच्चा नेपालीको स्वभावै हो सहनु
नाका थुनी कालाबजारीले डामे हुन्छ ।

२.भयौ बदनाम

शबरीको जुठो खाने रामकै छायामा नै सीता अपमान
नारीको पवित्रता राख्ने जनककै हातामा सीता–दुर्नाम
हे खोक्रो आदर्शका गुइँठा बाल्ने काला अन्धविश्वासी
सीताको चोखो पाइलाकै विरुद्ध हिँड्दा भयौ बदनाम ।
(सन्दर्भ : जानकी मन्दिरमा नारी अपमान)

३. कतै केन्द्र छैन

आश गर्ने कतै त्यान्द्रो छैन भड्खालोमै झर्यो कि देश
सास फेर्ने कतै केन्द्र छैन चिहानमै पुगी मर्यो कि देश
गफ मात्र हाँक्ने बकम्फुस नेता भुस्याहाझैँ बम्कन्छन्
रात बित्ने कतै न्यानो छैन तुक्कामै सुत्ने भो कि देश ।

४. कचौरो बोकेर

ग्यासको सिलिन्डर हेर्दाहेर्दै माया मारिसक्यो भन्छन्
बिजुलीको पालो कुर्दाकुर्दै आँखा टट्टाइसक्यो भन्छन्
कति विकसित भएछ मेरो देश केही नखाई सुते पुग्छ
दासताको कचौरो बोकी दक्षिण वा उत्तर गयो भन्छन् ।

५. युद्धकालमा तिम्रो याद

यो युद्धकालमा कसरी आउँछ तिम्रो मिठो याद प्रिया
दक्षिणले ग्यास र तेलको महाभारत युद्ध छेडेको बेला
भस्मासुरहरू अट्टहास गरिरहेछन् निर्लज्ज ललकारले
शिखण्डी, शकुनिका पासाहरू काट्न सारै छ झमेला ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको सम्मान

शहीदको सम्मान

डा. भरतकुमार भट्टराई
तीन ठाेकान

तीन ठाेकान

डा. भरतकुमार भट्टराई
व्यङ्ग्यको मूल : विसङ्गति

व्यङ्ग्यको मूल : विसङ्गति

डा. भरतकुमार भट्टराई
फोहोरको थुप्रो

फोहोरको थुप्रो

डा. भरतकुमार भट्टराई
बेलाको बोली – ७९

बेलाको बोली – ७९

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी