साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाकाबन्दीका केही ठोकान– ३

Nepal Telecom ad

१.सोझालाई

सोझालाई जसरी ठगे पनि हुन्छ
दिन्छु भनी केही नदिए पनि हुन्छ
सच्चा नेपालीको स्वभावै हो सहनु
नाका थुनी कालाबजारीले डामे हुन्छ ।

२.भयौ बदनाम

शबरीको जुठो खाने रामकै छायामा नै सीता अपमान
नारीको पवित्रता राख्ने जनककै हातामा सीता–दुर्नाम
हे खोक्रो आदर्शका गुइँठा बाल्ने काला अन्धविश्वासी
सीताको चोखो पाइलाकै विरुद्ध हिँड्दा भयौ बदनाम ।
(सन्दर्भ : जानकी मन्दिरमा नारी अपमान)

३. कतै केन्द्र छैन

आश गर्ने कतै त्यान्द्रो छैन भड्खालोमै झर्यो कि देश
सास फेर्ने कतै केन्द्र छैन चिहानमै पुगी मर्यो कि देश
गफ मात्र हाँक्ने बकम्फुस नेता भुस्याहाझैँ बम्कन्छन्
रात बित्ने कतै न्यानो छैन तुक्कामै सुत्ने भो कि देश ।

४. कचौरो बोकेर

ग्यासको सिलिन्डर हेर्दाहेर्दै माया मारिसक्यो भन्छन्
बिजुलीको पालो कुर्दाकुर्दै आँखा टट्टाइसक्यो भन्छन्
कति विकसित भएछ मेरो देश केही नखाई सुते पुग्छ
दासताको कचौरो बोकी दक्षिण वा उत्तर गयो भन्छन् ।

५. युद्धकालमा तिम्रो याद

यो युद्धकालमा कसरी आउँछ तिम्रो मिठो याद प्रिया
दक्षिणले ग्यास र तेलको महाभारत युद्ध छेडेको बेला
भस्मासुरहरू अट्टहास गरिरहेछन् निर्लज्ज ललकारले
शिखण्डी, शकुनिका पासाहरू काट्न सारै छ झमेला ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (२)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
‘सगरमाथा एक पहाडको नाम होइन’ भित्रको हास्यव्यङ्ग्य (१)

‘सगरमाथा एक पहाडको नाम...

डा. भरतकुमार भट्टराई
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
अर्यालकाे ‘जय भोलि !’ निबन्धमा व्यङ्ग्य

अर्यालकाे ‘जय भोलि !’...

डा. भरतकुमार भट्टराई
के गर्नु तिम्रो आस ?

के गर्नु तिम्रो आस...

डा. भरतकुमार भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x