साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविको चिहान

Nepal Telecom ad

हरेक देशले
दिनहुुँ हेर्ने सुकिलो ऐना
कविको हातमा हुन्छ
त्यसैले हिउँलाई आगो
र आगोलाई हिउँ भन्नै सक्दैन
एउटा महान कवि ।

उसलाई सह्य छैन
विभेदको कालो पर्खाल
स्वीकार्य छैन
आफैंलाई खुम्च्याउने भूगोलका सिमाना
धर्मशास्त्रका अपुश्ट व्याख्यानहरू
कृतिम ईस्वरका र नश्वर रुपहरू
र नमिल्दो टाक्सिएको जीवनको परिभाषा ।

तिम्रो दर्शनले
मृत्युलाई मुक्ति सम्झन्छ
तिम्रो धर्मले
उज्यालो अपसकुन भन्छ ।

मैले मानवतालाई धर्म सम्झिँदा
फाँसीको सजाय सुनायौ
यो बेला
कुसंस्कारलाई अंगालो हालेर क्षमा माग्दिनँ
स्वीकार छ मृत्यु
थाहा छ मलाई
सत्ताको पुरानो पानाले छोपिएर
बाँच्न सक्दैन एउटा कवि ।

बर्सौंदेखि शासकले बाँधिदिएको
आँखाको कालो पट्टी खोलिदिएँ त के भो ?
बर्णमाला सिक्ने उमेरका नानीहरूलाई
स्कुल बनाइदिएँ त के भो ?
यिनै आरोपमा म तिम्रो अनुचर बन्न सकिनँ ।

के चाहन्थ्यो तिम्रो अल्लाह ?
लाखौं देशवासीको सपना बिथोल्ने
कलङ्कको घण्टी चुपचाप सुन्न सक्दैन
निम्छरो छातीमाथि
गुड्दै गरेको निर्दयी डोजर देखेर
रमिते बनिरहन सक्दैन
एउटा इमानदार कवि
र सक्दैन यो असरफ फयाद ।

कल्पना गर्न सक्छौ ?
संग्रालिँदो आगोको देश कस्तो हुन्छ ?
बेकुफ क्रुर शासक !
थाहा छ ?
एउटा कविको चिहानमा
आगो फल्ने हजार कविता उम्रन्छन् ।

मोरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
घर

घर

तारा पराजुली
बुबा र ईश्वर

बुबा र ईश्वर

तारा पराजुली
हिउँदको गीत

हिउँदको गीत

तारा पराजुली
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x