साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठुलाकै रजाइँ ??

Nepal Telecom ad

ममाथि आकाशको जून छैन
र बाँसुरीको मिठो धून छैन
तिमी भने भोज रोजै डकार्छाै
कठै मलाई ढिको नून छैन ।

म बस्छु पाखा तिमी राजधानी
छ है अझै त्यै पुरानै कहानी
सधैं नयाँ रात तिम्रो, मलाई
सधैं पुरानै र रुन्चे बिहानी ।

खडा भयौ यै धुलोमाथि टेकी
डराउँछौ यै धुले गाउँ देखि
ढिँडो र सिस्नो तिमीले भुलेछौ
गुडेर हिँड्छौ जमीनै नटेकी ।

हिँजो थियौ के र आजै भयौ के
तिमी थियौ के र हामी थियौं के
बढ्यो कहाँबाट तिम्रो उँचाइ
पुगी चुलीमाथि सारा भुल्यौ के ?

तिमी समानै छ को बेइमान
उठ्यौ तिमी माथि बेची इमान
तलै रह्यो देश उक्ल्यौ तिमी नै
तिमीहरूकै भयो मोज सान ।

नदीकिनाराहरूमा बसेका
र पेटमा क्रूर पीडा कसेका
तिनीहरू के मनुष्यै भएनन्
कि हुन् तिनी भूल गर्दै खसेका ?

गरीबको दुःखले के छुँदैन
गरीबको जिन्दगी के हुँदैन
सधैं धनीकै ठुलाकै रजाइँ
कि आँसु देखेर चित्तै रुँदैन ।

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
वरदान

वरदान

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x