साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वा वा वा वा …

Nepal Telecom ad

मित्र ! आज म तपैँहरूलाई खास्साको कविता सुनाउछु, टाप नकसीकन सुन्नुस् ल —

एक दिन मानेजी धृतराष्ट्रकाँ पुगिगया
कुर्सी जोगाउना खातिर
उन्का मनसुब सब बुझिलिया
बूढा थिया सातिर
बस्या साथ मिलाया हात
साँच्चै मिल्याका हुन् कि झैँ गरी
खाया समोसा, पिया पिलाया चिया
आपसमा कानैमा साउती गरी
चौका हान्या मौका यै हो भन्या विचारी
मनमा बहुत गुनी, अरूका बात एक नसुनी
कुर्सीका साथ अति सुयोग्य पुत्री पनि थप दिया
लौ बनाऊ, उप–मन्त्राणी भनी
अरू खाओ लोप्पा
छैन मलाई कसैको कुनै पनि किञ्चित् मतलब
फेरि रच्चे रच्चियोस्, मच्चे मच्चियोस्
अर्को महाभारत
बृद्धको चाला यस्तो देखी
केही जन भया बहुत खुसी
बहुजन प¥या जिल्ल, देखेर यस्तो मनपरी
यस्तै नै त हो नि, हैन र ?
सबले चाहृयाको लोकतान्त्रिक नगरी !

वा वा वा वा ! मेरो कविता कस्तो राम्रो छ हगि ? यस्तो छन्द न बन्दको ताल न सुर केही नमिलेको बेढङ्गको कविता पनि कही नपा‘र राम्रो हुन्छ ? चैँ नभन्नुस् नि है ! तपैँलाई था छैन ? यस्तै सबै कुरा मजाले नमिलेपछि पो बल्ल काइदाको राम्रो हुन्छ त जे काम कुरा पनि, मिलेर हुने हो र ? मिलेर राम्रो हुने जमाना त खुइलेर गइसक्यो बाबै ! अ‍ैले त यस्तै रमाइलो छ यहाँको चलन ! नपत्याए अभिनय कर्ताकर्तीलाई पनि माथ गर्ने गरी अभिनय गर्न खप्पिस नेतानेतृको गराइ अनि भनाइ हेर्नुस् त, डम्म तुवाँलो लाग्या बेलाँ छर्लङ्ग देखिएको माछापुच्छ्े« झैँ प्रष्ट हुन्छ । अझ नभए माखाको पित्त जत्रो विशाल चित्त भएका ‘मै नै सर्वेसर्वा हुँ’ भन्नेहरूलाई हेर्नुस् । देशलाई आफनै पुर्खाको बिर्ता ठान्ने, राष्ट्रको ढुकुटी पेवा सम्झी मनपरी खर्च गर्दै उपहार बाँढ्दै हिँड्नेहरूको व्यवहार बुभ्mनुस् अनि तपैँ आफैँ खुसीले गदगद हुनुहुनेछ र पुर्पुरोमा हात राख्दै दङ्क परेर खुइय्य गर्दै संसाराँ कतै खोजेर नपाइने यस्ता देशभक्त, सर्वसाधारण जनताका हितकारी, जति ठूलो हार उति ठूलो पावर भएकाले चला’को राज्यमा बस्न पाएकाले आफूलाई भाग्यमानी ठान्दै उहाँहरूप्रति गर्व गर्दै आफ्नाे गर्धन झुकाउनुहुनेछ । ल है तपैँ चैँ जे मन लाग्छ त्यही झुकाउँदै गर्नुस्, म चैँ कवितै भन्छु । आफूलाई कस्तो भन्न मन लागिरा’छ–
एक दिन….. ।

२०६६/७/९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x