साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– ७

Nepal Telecom ad

१.योग्यता

स्कुल बिस्कुनझैँ छरिएपछि
क्याम्पस ‘टायम पास’ भएको छ ।
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ ।

२. पेवा

रगतले बेसाएर ल्याएको प्रजातन्त्र
मन्त्री, मन्त्रीपुत्र र मन्त्राणीको पेवा भो ।
कुराको चाङ् हौसिएर काम हराएपछि
राजनीति त उल्टै जनताले नेतालाई गर्ने सेवा भो ।

३. एकता

ताप्लेजुङको घाउ दार्चुलालाई दुःख्नु पर्छ
रगतका मुहानहरू अब सबै सुक्नु पर्छ ।
घरझगडामा स्वार्थ र कमिसन मिसाउनेलाई
परिवारका सबै सदस्य मिलेर थुक्नु पर्छ ।

४. भाग

किसान सक्कली मलको माग गर्छ
व्यापारी नाफैनाफाको मात्र भाग गर्छ ।
सम्पन्नहरू छलेरै पनि काउली हसुर्छन् –
दरिद्रलाई त ओइलाएको साग पो भाग पर्छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
बेलाको बोली -१६१

बेलाको बोली -१६१

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६०

बेलाको बोली- १६०

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x