साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– ७

Nepal Telecom ad

१.योग्यता

स्कुल बिस्कुनझैँ छरिएपछि
क्याम्पस ‘टायम पास’ भएको छ ।
रोजगार बन्न चाउचाउ नै किन्नु परेपछि
योग्यता र दक्षता सबै धराशायी बनेको छ ।

२. पेवा

रगतले बेसाएर ल्याएको प्रजातन्त्र
मन्त्री, मन्त्रीपुत्र र मन्त्राणीको पेवा भो ।
कुराको चाङ् हौसिएर काम हराएपछि
राजनीति त उल्टै जनताले नेतालाई गर्ने सेवा भो ।

३. एकता

ताप्लेजुङको घाउ दार्चुलालाई दुःख्नु पर्छ
रगतका मुहानहरू अब सबै सुक्नु पर्छ ।
घरझगडामा स्वार्थ र कमिसन मिसाउनेलाई
परिवारका सबै सदस्य मिलेर थुक्नु पर्छ ।

४. भाग

किसान सक्कली मलको माग गर्छ
व्यापारी नाफैनाफाको मात्र भाग गर्छ ।
सम्पन्नहरू छलेरै पनि काउली हसुर्छन् –
दरिद्रलाई त ओइलाएको साग पो भाग पर्छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x