साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उखान टुक्काको सरकार

Nepal Telecom ad

न नाकाबन्दी छ
न नाकामा जुलुस गुटबन्दी छ
तर अझै देशमा उस्तै मन्दी छ ।
नाका खुले पनि देशमा
ग्यास र तेलको उस्तै हाहाकार छ
देशमा सरकार छ भन्नु अब बेकार छ ।

ओली खाली उखान टुक्का मात्र ठोक्छन्
खै कहिलेसम्म यसरी सरकार बोक्छन्
बोलीमा अब कुनै दम छैन
सरकारमा आउने कोही पनि
कोही भन्दा कम छैन ।

कालोबजारी जनताको ढाड सेक्दै
अट्टाहास गर्दै रावण झै हाँस्छ
बिचरा सरकार निमुखा भई
यो गर्छु त्यो गर्छु भन्दै बुढो बाघ झैं कास्छ ।

के कालो बजारिया मन्त्री भालेको हुनुपर्छ
के बजारियालाई सरकारले आफै पालेको हुनुपर्छ
के सरकार आँफै कालोबजारिया थालेको हुनुपर्छ
नत्र सरकारले कुनै न कुनै कदम चालेको हुनुपर्छ ।

पैसो हाल्न सक्नेलाई यहाँ
कहिलै केही अभाव छैन
कहिले स्थिति सामान्य हुन्छ सोध्दा
सरकारसँग कुनै जवाब छैन
होइन हो केपी दाइ
तिम्रो उखान टुक्काले सरकार
कहिलेसम्म टिक्छ ?
के तिमीलाई देश यस्तै भाको ठिक छ ?

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x