साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिल,चल्ला र पोथी

Nepal Telecom ad

सबै तर्सिए देवता, भूमि,खोला
चिसो पश्चिमी वायु आएर होला ।
डराउन्न पन्छी सुसाएर सल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

हुँ स्वाधीन भन्छौँ विदेशी छ खाना
विदेशी सुरा, वस्त्र, गाना, खजाना ।
बसेछन् विदेशी चलाएर गल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

छिमेकी म चोखो भनेको भन्यै छ
र यो राज्य गाडी गनेको गन्यै छ ।
कतातर्फ भारी हुने हो नि पल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

समस्या नपर्दा त कोही रुँदैन
भए स्वावलम्बी समस्या हुँदैन ।
छ न्यास्रो सबैमा हुँदा चाड खल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

मिलेका फुटेछन्, फुटेका जुटेछन्
हिजोका सबैले सकेको लुटेछन् ।
विपक्षी कुरेको छ सरकार ढल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

नगर्ने कुरा जे त्यही गर्न सर्छ
कहाँ युद्धले धर्म निर्वाह गर्छ ?
लुकी द्रोण मारे चलाएर हल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

दुई पाखुरा छन् छ आदर्श बाँकी
छ बाँझो धरा यो र उत्साह बाँकी ।
छरौँ बीज खन्दै फुटाएर डल्ला
सुतेको छ पोथी कराए नि चल्ला ।।

सुर्खेत

स्पष्टीकरण
०चिल– छिमेकी ।
०पोथी– राज्यसत्ता ।
०चल्ला– आफू (देश) खतरामा भएको महसुस गरी पोथी जगाउन हल्ला गर्ने तपाईं हामी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x