सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाल नाटक महोत्सव सम्पन्न

Nepal Telecom ad

काठमाडौं, फाल्गुन १८, २०७२ । सम्रान्त थापाको निर्देशन रहेको नाटक ‘टुटेको सपना’ र शिवकृष्ण अधिकारीको निर्देशन रहेको ‘शिशिर वसन्त’ लाई दुई दुई अवार्ड दिलाउँदै सातौं राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ ।

बालबालिकामा नाट्य संस्कृति विकास गराउने उद्देश्यसाथ शैली थिएटरले हरेक वर्ष गर्दै आएको महोत्सवमा यसपटक आइडियल स्कुलको प्रस्तुति ‘टुटेको सपना’ बाट दिनेश लेप्चाले ‘बाल कोसेली उत्कृष्ट पुरस्कार’ र जेनिभा डंगोलले ‘शैली उत्कृष्ट अभिनय पुरस्कार’ थापे । दुवै जनही ७,७ हजार रुपैयाँ र प्रमाणपत्र पाए । त्यस्तै, चेखब उत्कृष्ट निर्देशक पुरस्कारचाहिँ प्याराडाइस स्कुलको प्रस्तुति ‘शिशिर वसन्त’ बाट निर्देशनका लागि शिवकृष्ण अधिकारीले पाए ।

चित्रबहादुर बुढाथोकी उत्कृष्ट नाटक पुरस्कार पनि ‘शिशिर वसन्त’ ले नै पायो । दुवै पुरस्कारमा ५,५ हजार रुपैयाँ थियो । साहारा स्कुलको ‘फालिएका हीराहरू’ नाटकका लागि आदिति सापकोटालाई शैली प्रोत्साहन पुरस्कार दिइयो भने शैली पिपुल च्वाइस पुरस्कार विल्सन एकेडेमीका साइमोन राउतले पाए । उनीहरूलाई पुरस्कार स्वरूप ३,३ हजार रुपैयाँ दिइयो । पाका रंगकर्मी हरिहर शर्माले पुरस्कार हस्तान्तरण गरे । महोत्सवको निर्णायकमा रंगकर्मी बद्री अधिकारी र सरिता गिरी रहेका थिए ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad