साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जय मच्छड महात्म्य !

Nepal Telecom ad

जति भगायो उति आउँछ । बस्न खोज्छ । भोजन चाहियो भन्छ । डर मानीमानी चुच्चो धस्न खोज्छ । शरीर हल्लाएर दिन्न, नआइज भन्दा पनि मान्दैन । ज्यान जाला डराउँदिन पो भन्छ । तर, मौकामा चौका हानेर छाड्छु भन्दै सुइकुच्चा पनि ठोकिहाल्छ । मौका मिल्यो कि फर्की पनि हाल्छ ।

नखाएरै मर्ने भइयो बरू खाएर मरूँ भन्छ । दाउ भेटेमा हेर्न छाडेर छेर्नु पट्टि लाग्छ । छेरेरै मर्नु जाति भन्छ । र, अटेसमटेस हुने गरी घिच्छ । चलमलाउन नसकेपछि भाग्न पनि सक्दैन । त्यतै कतै ढाडिएर सुस्ताउँछ । रक्त दाताले थाहा पाइहाल्यो भने बेस्कन लबटो बर्साउँछ । त्यसपछि त लासको अत्तोपत्तो हुन्न । दाताको हात आफ्नै रगतले लत्पतिन्छ ।

त्यसको वास्तविकता यही हो । यो किन जन्म्यो ! र, किन सहजै मृत्यु वरण गर्छ ? फेरि हुलका हुल जन्माएर प्रकृतिले किन व्यवस्थापन गर्न सक्दैन ? किन सहरलाई बढी गाँज्छ ? किन गाउँलाई परित्याग गर्छ ? फोहोर आखिर फोहोरै हो । मच्छड आखिर मच्छडै हो । जय मच्छड महात्म्य !!!

तपेश्वरी–१, उदयपुर ।
हाल : श्री महावीर मावि, विषहरिया–४, सप्तरी ।
मो नं. ९८४२८२९२०६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाजी

बाजी

नन्दलाल आचार्य
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x