साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक– ८

Nepal Telecom ad

१.कुराको आरोहण
धान काट्ने भन्दा चेक काट्नेको कुरा ठूलो
चेक काट्ने भन्दा कमिसन बाँड्नेको कुरा ठूलो ।
कुरै कुराको आरोहण होडाजीमा –
कुरा काट्नेको हंकीडंकी नै सबैभन्दा ठूलो ।

२. लघानुपर्छ
अब भ्रष्टहरूलाई पो पानी बार्नु पर्छ
चुला–चौका र अन्न दिन छाड्नुपर्छ ।
मौका दिँदा पनि नसप्रिने भएपछि –
डङ्कुटी लगाएर देशबाटै लघार्नुपर्छ ।

३. ताजा सिद्धान्त
प्रधानमन्त्री पनि एक वर्ष टिक्न छाडे
जसलाई खाँचो छ उनीहरू सिक्न छाडे ।
अन्धानुकरण नै जीवन बाँच्ने शैली भएपछि
राजनीतिको बजारमा ताजा सिद्धान्त बिक्न छाडे ।

४. मन्त्री लिलाममा छ
कर्तव्यका दुर्गमा आस्थाका सिपाही नरहेपछि
मयलपोसमा विधायक खरिदका नोट भरिएपछि
जनता नेताको सख्त खिलापमा छ,
किनभने मेरो देशमा मन्त्री पद लिलाममा छ ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
चार ठाेक्तकहरु…

चार ठाेक्तकहरु…

कुमार खड्का
दुई ठोक्तक

दुई ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x